नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10669 · वि.सं. २०७८

नि.नं. 10669 — लागु औषध (चरेस)

सिद्धान्त / नजिर सार (Headnote Summary)

स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हुन्छ l अर्थात्, मुद्दाको तथ्य नमिलेसम्म त्यस्तो नजिर उद्धृत गरिनुले मात्र त्यसको अर्थपूर्ण सम्बन्ध स्थापित हुन सक्तैन l कुनै न्यायिक निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको विपरीत छ भनी जिकिर लिँदा त्यस्तो जिकिरकर्ताले फैसलामा लिइएको के कुन आधार त्यसरी प्रतिपादित के कुन नजिर सिद्धान्त प्रतिकूल वा अनुकूल छ भनी पक्षको हकहित स्थापित हुने उद्देश्यले स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ अनि मात्र त्यस्तो जिकिरलाई अदालतले मुद्दाको अभिन्न अंशको रूपमा हेरी विवेचना गर्नुपर्ने विषय बन्न जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10669
मुद्दाको विषयलागु औषध (चरेस)
निर्णय वर्ष / मिति2076/08/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण
मुद्दा नं.०७१-CR-०९३९ | ०७३-CR-११६१ | ०७३-CR-११६२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10669
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्