नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10662 · वि.सं. २०७८
नि.नं. 10662 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै कार्य नैतिक पतन हुने अवस्थाको ठहर हुनका लागि सो “कसुरको गम्भीरता-मात्रा” विशेष रूपमा विचारणीय विषय बन्दछ । जुनसुकै कसुरजन्य कार्य पनि सामाजिक नैतिकता प्रतिकूलका कार्य मानिन्छन् । तर यस्ता सबै कार्यलाई कानूनी प्रयोजनका लागि “नैतिक पतन देखिने कार्य” भन्न नमिल्ने । स्वाभाविक रूपमा कसुरजन्य कार्य गरेको नभएर गरिएको कार्यको स्वरूप चरम वा विकृत प्रकृतिको देखिएको तथा निर्मम वा पाशविक प्रकृतिको कार्य भएको अवस्थालाई नैतिक पतन देखिने कार्यको रूपमा लिन सकिन्छ । त्यस प्रकारको विशेष अवस्था वा परिस्थिति नदेखिएसम्म कुनै कार्य कसुरजन्य भनी ठहर भएको छ भन्ने आधारमा नै त्यसलाई नैतिक पतन देखिने कसुर भनी मान्न मिल्दैन । कानूनी प्रयोगमा यो “नैतिक पतन” भन्ने शब्दावलीको विशेष प्राविधिक अर्थ रहेको छ । कुनै कार्य गर्दा पर्याप्त होस नपुर्याएको, हेलचेक्र्याईं गरेको, सावधानी नअपनाएको, वा वुद्धि-विवेक नपुगेको कुराको परिणामस्वरूप कुनै कानूनी दायित्व वहन गर्नुपरेको अवस्थालाई स्वतः “नैतिक पतन” देखिने कार्य भनी मान्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10662 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2077/10/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०६९-WO-०७१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10662 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
