नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10667 · वि.सं. २०७८
नि.नं. 10667 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसैले कुनै सार्वजनिक वा सामाजिक कार्य गर्छु भनी गैरसरकारी संस्था गठन गर्यो तर सो कार्य गर्न पाएन वा उसले गर्न खोजेको कार्यमा कुनै व्यवधान आयो भने उसले संस्थाको विधानमा सार्वजनिक कार्य गर्ने कुरा लेखेको छ भन्ने मात्र कुराले त्यो सार्वजनिक सरोकारको विवाद बनिहाल्दैन र त्यसमा संविधानको धारा १३३(२) बमोजिम सर्वोच्च अदालतको क्षेत्राधिकार आकर्षित पनि भई नहाल्ने । सार्वजनिक हक वा सरोकारको भनी कुनै विषयलाई उठाइएको स्थितिमा त्यस्तो दाबीलाई सतर्कतापूर्वक हेरी सार्वजनिक कार्यको आवरणमा गरिने व्यक्तिगत हितको संरक्षण गर्ने प्रयासलाई यस अदालतले निरूत्साहित नै गर्नुपर्ने । (प्रकरण नं.३) आराध्यदेव श्री पशुपतिनाथको नाममा छाडिएका नन्दीहरू वा दुग्ध र पञ्चामृतद्वारा स्नान गराइने भगवान्को प्राङ्गण र परिसरमा सो प्रदान गर्ने गौमाताहरू नै उपेक्षित रहने कुरा कदापि स्वाभाविक र स्वीकारयोग्य हुँदैन । एकातिर राजा महाराजालगायतका भक्तहरूले दान गरेका गौचरणहरू नास हुँदै जाने वा गाई गुठीहरू संरक्षण नहुने, अर्कोतर्फ गौमाता र नन्दीहरू उपेक्षित रहने कुरा श्री पशुपतिनाथद्वारा परिपोषित धर्म, संस्कृति र सभ्यताको विरूद्ध हुने देखिने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10667 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/08/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७६-WO-१०४४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10667 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
