नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10654 · वि.सं. २०७८

नि.नं. 10654 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कैफियत टिप्पणी लेखेकै आधारमा त्यस्ता नागरिकहरूलाई राज्यले प्रदान गर्ने सेवा सुविधा वा अवसर आदिमा विभेद गरेको भन्ने देखिन नआए तापनि आत्मसम्मान वा मर्यादाको विषयलाई केवल सेवा, सुविधा वा अवसरको वितरणमा मात्र सीमित गर्न मिल्दैन । यो सम्बन्धित व्यक्ति वा सो समूहका व्यक्तिहरूले महसुस गर्ने भावनात्मक विषय हुने । (प्रकरण नं.८) समानताको हकअन्तर्गत व्यवस्थापिकाले कानून बनाई कुनै खास उद्देश्य पूर्तिका लागि कुनै खास वर्ग वा समूहका बिच फरक व्यवहार गर्न सक्ने मान्यता स्वीकार गरिएको भए तापनि कानूनमा त्यसरी वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्ने र त्यस्तो व्यवहार वा वर्गीकरण न्यायोचित र औचित्यपूर्ण हुनुपर्ने । (प्रकरण नं.९) जारी गरिने नागरिकताको प्रमाणपत्रमा नेपाल नागरिकता नियमावली, २०६३ ले तोकेको ढाँचाबाहेक अन्य कुनै बेहोरा कैफियत खण्डमा उल्लेख नगर्नु नगराउनु भनी मातहतका सबै जिल्ला प्रशासन कार्यालयहरू तथा इलाका प्रशासन कार्यालयहरूमा परिपत्र गर्ने । (प्रकरण नं.१०(क))

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10654
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2078/01/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७४-WO-०९८१
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10654
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्