नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10693 · वि.सं. २०७८
नि.नं. 10693 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
समूहद्वारा गरिएको कार्यलाई सङ्गठित भई गरिएको होइन भन्ने आधारबाट मात्र हेरी व्याख्या गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) कुनै एक जना प्रतिवादीले गरेको जबरजस्ती करणीको कसुर र दुईजना प्रतिवादीहरूबाट सोही ठाउँमा सोही समयमा पालैपालो गरिएको जबरजस्ती करणीको कसुरबाट पीडितलाई पर्ने असर समान हुन नसक्ने । सामूहिकरूपमा जबरजस्ती करणी गर्ने कार्यबाट कसुरको गाम्भीर्य बढ्न जाने तथा पीडितलाई थप पीडा पुग्न जाने स्थिति रहने भएकोले विधायिकाले त्यस्तो कसुरदारलाई थप सजाय हुने व्यवस्था गरेको देखिने । एक जनाभन्दा बढी व्यक्तिको सामूहिक मनसाय र समझदारीमा गरिने कसुरलाई सामूहिक जबरजस्ती करणी नै मान्नुपर्ने देखिन्छ र उक्त कार्यलाई कसुरको गम्भीरता बढाउने तत्त्वकै रूपमा मान्नुपर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10693 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/12/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको रायसँग सहमत नभई मेरो राय नमिलेकोले प्रस्तुत मुद्दा निरूपणको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा नियमानुसार गरी पेस गर्नुहोला भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाबाट व्यक्त भएको राय कायम हुनुपर्छ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतबाट व्यक्त राय कायम हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको रायसँग यो इजलास सहमत हुन सकेन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नं.बमोजिम यी प्रतिवादीहरूलाई जनही थप ५ (पाँच) वर्ष कैद सजाय हुनुपर्छ भन्ने हदसम्मको माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय सदर हुन्छ । अरूमा तपसिलबमोजिम गर्नू । |
| मुद्दा नं. | ०७६-CF-०००६ | ०६८-CR-१२९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10693 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
