नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10696 · वि.सं. २०७८

नि.नं. 10696 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्‍ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था हुनुपर्दछ: १. सम्भावित परिणामको पूर्वानुमान (knowledge) २. स्वेच्छिक कार्य (voluntary act) ३. चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास (Recklessness) । फौजदारी कानूनमा लापरवाहीको परिभाषा गर्दा, चालक वा कर्तालाई सम्भावित परिणामबारे पूर्वज्ञान (knowledge) हुँदाहुँदै चालक वा कर्ताले आफ्नो कार्यमा सजगता अपनाएको वा होस पुर्‍याएको भए सम्भावित परिणामलाई टार्न सकिने अवस्था थियो / थिएन भन्‍ने परिघटनाबाट मापन गरिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10696
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2077/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी | माननीय न्यायाधीश श्री नागेन्द्र लाल कर्ण
मुद्दा नं.०७६-CR-१०८४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10696
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्