नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10699 · वि.सं. २०७८

नि.नं. 10699 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुरदार एउटै वारदातमा संलग्न रहेको तर निजलाई भिन्‍नभिन्‍न कानून लाग्ने अवस्था देखिएकोले सो कसुर एउटै कसुर मान्‍नुपर्ने । यस्तो वारदातमा सबै सजाय एकैसाथ भुक्तान गरिने हुन्छ । तर यसरी सजाय गर्दा पनि कसुरदारका कसुरजन्य कार्यको समग्रता (Total Criminality) लाई भने अदालतले सदा विचार गर्नुपर्ने । कसुरदारको कसुरमध्ये अधिकतम हदको सजाय भइसकेकोमा सोमा गाभ्ने गरी सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुन जाने । समग्रताको सिद्धान्तलाई सजाय गर्ने क्रममा न्यायालयले सधैँ मनन गर्नुपर्ने । अदालतको काम बढी सजाय गर्ने नभई उपयुक्त सजाय गर्ने हो । यो अङ्क गणितीय हिसाब जस्तो नभई विवेक र सावधानीबमोजिम सजाय तोक्ने र पुनरावलोकन गर्ने कुरालाई न्यायकर्ताले दृष्टिगत गर्नु आवश्यक देखिने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10699
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2076/10/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७६-WH-०१५८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10699
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्