नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10692 · वि.सं. २०७८

नि.नं. 10692 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अपराध गरेबापत २० (बिस) वर्ष कैदको सजाय भई सजाय ठेकिएको कैदी कैदबाट भागेपछि कारागार ऐन, २०१९ को दफा २४ को उद्देश्यअनुरूप कारागारबाट भागे भगाएको कसुरबापत तोकिएबमोजिमको सजाय पाउनु नै पर्दछ भन्‍ने कारागार ऐनको मूल उद्देश्य भएकोले सोको विपरीत कानूनको व्याख्या हुन जाँदा विधायिकी कानूनको उद्देश्य मर्न जाने । कारागारबाट थुनुवा वा कैदी भाग्ने भगाउने कार्यलाई निरूत्साहित तुल्याउने उद्देश्यले लागु भएको कारागार ऐनले निर्धारण गरेको सीमा र बन्देजबाहेक मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. ले २० (बिस) वर्षभन्दा बढी कैद गर्न नहुने गरी बन्देज लगाएको छ भन्‍ने अर्थमा कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) को व्याख्यालाई ऐनको उद्देश्यअनुकूलको व्याख्या भनी स्वीकार गर्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10692
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2078/01/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७७-WF-०००८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10692
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्