नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10682 · वि.सं. २०७८
नि.नं. 10682 — जबरजस्ती करणी र गर्भपतन
सिद्धान्त / नजिर सार (Headnote Summary)
महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ कृत्रिम र बनावटी देखिएको जस्ता अवस्थाहरूमा बाहेक सामान्यतः अदालतले पीडितको भनाइलाई प्रमाणको रूपमा लिनुपर्ने । (प्रकरण नं.७) वारदातको प्रकृति तथा संवेदनशीलता, पीडितको सानो उमेर, शारीरिक र मानसिक अपरिपक्वता, शारीरिक र मानसिक अपाङ्गता, न्यून शैक्षिक चेतनास्तर, पारिवारिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने डर, भौगोलिक विकटता, न्यून आर्थिक अवस्था, सांस्कृतिक परिवेशसमेतका कारण समाजमा कलंकित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्याउन सक्ने थप पीडाको डर (Fear of being more Victimized) र समाजमा पीडकको हैसियत जस्ता तत्त्वहरूले जबरजस्ती करणी जस्ता महिलाको अस्तित्वसँग जोडेर हेरिने अपराधमा ढिलो जाहेरी पर्न सक्ने अवस्थाको विद्यमानता रहन्छ । त्यसकारण न्यायकर्ताले यस्ता जघन्य अपराधको पीडित तथा पीडित रहेको समाजको पृष्ठभूमि र परिवेशलगायतका वास्तविकताहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10682 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी र गर्भपतन |
| निर्णय वर्ष / मिति | 2077/04/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री ध्रुवकुमार शाह | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल | माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण |
| मुद्दा नं. | ०७४-CR-०२०५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10682 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
