नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10678 · वि.सं. २०७८

नि.नं. 10678 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जेथाजमानी दिने जमानीकर्ताको दायित्व पालना गराउने सन्दर्भमा जमानतको दायित्व पूरा गर्ने जानकारीको सूचनासहितको उचित मौका जमानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ । सोअनुरूप धरौटीबापत जमानत दिएको सम्पत्ति जफत गर्नुपूर्व जमानतबापतको रकम दाखिला गर्ने सूचनासहितको जानकारी निजले पाउनु पर्ने । कुनै व्यक्तिले आफ्नो हक भोगको सम्पत्ति धरौटीबापत जेथाजमानत लेखिदिएको भन्दैमा उक्त सम्पत्तिमाथि निजले कुनै अधिकार राख्‍दैन भनी अर्थ गर्नु मनासिब नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10678
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2077/08/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७५-WO-०९९४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10678
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्