नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10686 · वि.सं. २०७८

नि.नं. 10686 — लागु औषध (ब्राउन सुगर)

सिद्धान्त / नजिर सार (Headnote Summary)

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्ने । (प्रकरण नं.६) मानिसहरूको नियमित आउजाउ भइरहने बसपार्क जस्तो सार्वजनिक स्थलमा बस कुरिरहेको प्रतिवादी नजिकै भुइँमा भेटिएको लागु औषध यिनै प्रतिवादीले फालेको हो भनी यकिन गर्ने अवस्था नरहने । यी प्रतिवादी उभिएको स्थान नजिक बरामदित लागु औषध भेटिनु नै निज प्रतिवादीउपरको अभियोग कसुर प्रमाणित गर्ने ठोस आधार बन्न नसक्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10686
मुद्दाको विषयलागु औषध (ब्राउन सुगर)
निर्णय वर्ष / मिति2077/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्‍दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री श्रीप्रसाद संजेल | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री शकुन्तला घिमिरे
मुद्दा नं.०७५-CR-०६१२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10686
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्