नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10697 · वि.सं. २०७८

नि.नं. 10697 — मानव बेचबिखन तथा ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुत: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को कार्यान्वयनको प्रसङ्गमा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीडितमाथि अन्याय हुन जान्छ । नेपालको संविधानको धारा २१ को अपराध पीडितको हकभित्र पीडितको क्षतिपूर्ति पाउने हक पनि अन्तरनिहित भएको मान्‍नुपर्दछ । संविधान र कानूनले पीडितले क्षतिपूर्ति पाउने कुरालाई सुनिश्‍चित गरेको अवस्थामा सुरू जिल्ला अदालत र उच्च अदालतबाट पीडितले क्षतिपूर्ति पाउनेबारे मौन बस्दा उक्त फैसला संविधान एवं प्रचलित कानूनी व्यवस्थासमेतको विपरीत भई न्यायको रोहमा मान्य नदेखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10697
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार
निर्णय वर्ष / मिति2077/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे
मुद्दा नं.०७५-CR-१९६१ | ०७५-CR-२६३२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10697
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्