नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10700 · वि.सं. २०७८
नि.नं. 10700 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्धारण गर्दाको बखत सो कुरालाई आधार मान्न सक्ने । गर्भवती महिलालाई घाँटीमा सलले कसी मारी लतार्दै लगी पुलबाट नदीमा फाल्ने जस्तो क्रूर अमानवीय अपराध गर्ने प्रवृत्तिको हकमा कसुरको गाम्भीर्य घटाउने मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को प्रावधान आकर्षित नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10700 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७५-CR-२४७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10700 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
