सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३०२ / ४४०

नि.नं. 3310वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

सार्वजनिक (अपराध र सजायँ) ऐन अन्तर्गतको अभियोग स.मु.सं. ऐन , २०१७ को अनुसूची भित्र पर्नेमा विवाद नभएको र सोही ऐनमा भएको व्यवस्थाबाट यस्तो अपराध जुन इलाकामा भएको छ सोही इलाकाको प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिनु पर्ने र सोही प्रहरी कार्यालयले पनि अनुसन्धान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3309वि.सं. २०४४संयुक्त इजलास

लुटपिट

प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.ले जोतेको जग्गावाली वटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत बसी वटैया गरी दिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3308वि.सं. २०४४संयुक्त इजलास

गुठी धर्म लोप पालो

अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट पूजा आजा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहराउन मनासिब हुने देखिँदैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3307वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

सर्वोच्च अदालतले उत्प्रेषणको आदेशद्वारा पूर्व निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णयको लागि परमादेशको आदेश समेत जारी भएको हुँदा उक्त आदेश बमोजिम पनि पक्ष विपक्ष दुवैलाई बुझिकन निर्णय गर्नु पर्ने हुन्छ, उक्त आदेश स्वयंले एकाको हक स्वामित्वलाई समाप्त गरी अर्काक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3306वि.सं. २०४४संयुक्त इजलास

उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ

पन्ध्रसय रुपैयाँ भन्दा बढी जतिसुकै जरिवाना भए तापनि जरिवाना बापत ४ वर्षकैद गर्नुपर्ने र पुनरावेदन गरेबापत थप सजायँ गर्नु पर्दा लागेको जरिवानाको सयकडाले हुने थप जरिवाना नतिरे कैद गर्नु पर्दा हुने कैद थप गर्नु पर्ने देखिँदा पुनरावेदन गरे बापतको जरिवाना समेतको कै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3305वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी हक कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. ९) नियमले नै मोहीलाई रोज्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3304वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

हकवाला भएकोमा निवेदक सावित नै भए पनि सन्धिसर्पन परेको भन्नेमा इन्कार रहेको देखिन्छ, सन्धिसर्पन पर्ने हो होइन भन्ने तथ्य प्रमाण बुझी ठहर गर्नु पर्ने विषय हुन्छ, प्रमाण बुझी ठहर गर्नुपर्ने विषयमा सन्धिसर्पन परेको भनी निखन्न पाउने गरेको मालपोत कार्यालयको निर्णय र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3303वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं बेहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3302वि.सं. २०४४संयुक्त इजलास

चोरी

मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको सामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिराखेको मान्नु पर्नेमा मनसायक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3301वि.सं. २०४४संयुक्त इजलास

लेनदेन

जग्गाको तोकिएको सबै मूल्य तत्कालै बुझाई राजीनामा गरी लिने दिने गरी सोही व्यहोरा लिखतमा खोलिएको भए त्यस्तो लिखतलाई राजीनामा लिखत मान्नु पर्ने जग्गाको मूल्य मंसीर मसान्तमा बुझाई कार्तिक मसान्तमा राजीनामा रजिष्ट्रेशन पारीत गरी दिने गरी शर्त उल्लेख गरी लिखत भएको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3300वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

बेग्लाबेग्लै कित्ता जग्गाका बेग्लाबेग्लै जग्गाधनी उपर मोही हकको प्रमाणपत्र पाउँ भनी छुट्टा छुट्टै नालेश उजूर गर्न पर्ने । (प्रकरण नं. ७) अ.बं. ७२ नं.को विपरीत हुने गरी बेग्लाबेग्लै कि.नं.जग्गाको बेग्लाबेग्लै जग्गाधनी भएको देख्दा देख्दै एउटै नालेश उजूर लिई विपक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3299वि.सं. २०४४संयुक्त इजलास

जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ

भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुई खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3298वि.सं. २०४४संयुक्त इजलास

हक सफा

रजिष्ट्रेशन पास गर्न लागेकोले रोक्का गरिपाउँ भनी निवेदन दिएकोबाट जुन मितिमा बिक्री भयो सोही मितिलाई थाहा पाएको मिति कायम गरी गरेको मिति ०३६।१।२१ को खारेजी फैसला कानुनसंगत नदेखिँदा बदर गरी दिएको छ भनी जनकपुर अञ्चल अदालतले मिति ०३८।३।१०।४ मा गरेको फैसलाले हदम्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3297वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

निजहरूको बाबु मौलिदास भारतीय भनी बालकृष्णले भरेको १ नं. अनुसूचीबाट प्रष्ट भएको भन्ने लिखित जवाफको व्यहोरा अन्य प्रमाणबाट खण्डन हुनसकेको देखिएन, यस्तो अवस्थामा भारतीय नागरिक भएका मौलिदासका छोरा निवेदकहरू बंशजको नाताले नेपाली नागरिकता लिएकोलाई विवरण ढाँटी लिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3296वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

अधिकारै नभएको निकायबाट गराई गरिएको कागजको मान्यता नै नहुने भए तापनि सो शर्तनामा बमोजिमको जग्गा निवेदकले मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी दिई सकेको भन्ने कुरा फायल संलग्न रजिष्ट्रेशन पारीत भएको लिखतको नक्कलबाट देखिई रहेकोछ, यस्तो अवस्थामा रजिष्ट्रेशन भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3295वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण सहित परमादेश वा उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ

एउटा मुद्दा अर्को मुद्दासँग लगाउको हुनलाई एउटाको ठहर निर्णयले अर्काको ठहर निर्णयमा प्रत्यक्षतः असर पार्ने प्रकारको हुनुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3294वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

हस्ताक्षर कीर्ते गरी राजीनामा दिएको भन्ने विषयमा मुलुकी ऐन कीर्ते कागजको महल बमोजिम कारवाही हुनसक्ने कानुनी व्यवस्था मौजूद नै रहेको पाइन्छ, सद्दे कीर्ते छुट्याई निर्णय दिने विषय रिट क्षेत्रभित्र पर्न आउने विषयवस्तु नभएको हुँदा कानुनी रुपबाट कारवाही हुन सक्ने व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3293वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।

निजामती सेवा ऐन, २०१३ को दफा ६(१) मा कुनै निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गर्न वा दर्जा तलब घटाउन हुँदैन भन्ने व्यवस्था गरेको पाइन्छ, रिट निवेदकलाई उक्त कानुनी व्यवस्था अनुसार सफाईको मौका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3292वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकलाई मार्ने पूर्व योजना समेत बनाई धारिलो हतियारद्वारा पटकपटक प्रहार गरी मरिसकेपछि पनि लाशमा पटकपटक धारिलो हतियार प्रयोग गरी हानी मारेको देखिन आएकोले मिसिल संलग्न उपरोक्त प्रमाण आधारबाट निज प्र.प्रेमराज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ म.क्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3291वि.सं. २०४४संयुक्त इजलास

ज्यान

प्रतिवादी मध्येको टेण्टा हजारा दुसाधले प्रहरीमा घटनाक्रमको विस्तृत विवरणको व्याख्या गरी हसेरी साथ वारदातमा हाजिर रही मृतकलाई १।२ लाठी कसेर हिर्काएको र लाश गाडी आएकोमा पूर्ण साविती भएको र सो सावितीलाई अन्यथा सफाई दिन मिल्ने किसिमको भरपत्यार लायकको कानुनी प्रमाण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3290वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान ।

आफ्ना स्वास्नी माथी जबरजस्ती करणी गर्न खोजी परास्त भएको अवस्थामा श्रीमतीकै गुहारबाट लोग्ने कोठामा पुग्दा निज मृतकलाई भेटी तत्काल उठेको रिसको आवेगमा चक्कूले हानेको र निजको मृत्यु भएकोमा चक्कू समेत बरामद भै आएको देखिएको र निज प्र.हनीफको बयान तथा सरजमीनको भनाईबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3289वि.सं. २०४४संयुक्त इजलास

परमादेश लगायत जो चाहिने आदेश, आज्ञा पुर्जी जारी गरिपाउँ

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ मा प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर नलाग्ने । (प्रकरण नं. १०) विवादित माल सामान बुटवलमा खरीद बिक्री भएकोले काठमाडौं भित्र खरीद बिक्री हुने माल सामान भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3288वि.सं. २०४४एक न्यायाधीशको इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

वन नियन्त्रकको कार्यालयले निर्णय गरी निवेदकलाई कुनै जनाउ दिएको रिट निवेदनबाट देखिँदैन, यस्तो स्थितिमा प्रस्तुत विवादमा निवेदकको कुनै हक हनन् भएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3287वि.सं. २०४४संयुक्त इजलास

कीर्ते ।

रिट निवेदन दिँदा वारेसनामामा सही गर्ने यिनै विपक्षी नै हुन् भनी स्वीकार गरेको देखिन आएबाट सो विशेषज्ञले सहिछापहरू जाँची दिएको प्रतिवेदनमा शंका लिइरहनु पर्ने कुनै अवस्था नरहेकोबाट अब निज विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गरी रहनुको कुनै तात्पर्य रहन नआउन…

नजिर सार पढ्नुहोस् →