नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3291 · वि.सं. २०४४

नि.नं. 3291 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादी मध्येको टेण्टा हजारा दुसाधले प्रहरीमा घटनाक्रमको विस्तृत विवरणको व्याख्या गरी हसेरी साथ वारदातमा हाजिर रही मृतकलाई १।२ लाठी कसेर हिर्काएको र लाश गाडी आएकोमा पूर्ण साविती भएको र सो सावितीलाई अन्यथा सफाई दिन मिल्ने किसिमको भरपत्यार लायकको कानुनी प्रमाण निजबाट पेश दाखिल भए गरेको पनि पाइँदैन, यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) अनुसारको कृयाकलापसँग मिल्दो अवस्थाको वारदात भन्न मिल्ने देखिँदैन कारण ज्यानसम्बन्धीको १४ नं. हेर्दा लाठी ढुङ्गा लात मुक्का इत्यादीले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मारेमा दश वर्षकैद गर्नु पर्छ भन्ने किटानी व्यवस्था भएको र वारदात र प्रतिवादी टेण्टाको बयान सावितीलाई राम्रोसँग हेर्दा हसेरी समेतका जन समूह बीचको वारदातमा लाठीले हानेको देखिएको र यही प्रतिवादीका चोटबाट नै मृत्यु भएको हो भन्ने किटानी जाहेरी पनि देखिँदैन । यस्तो स्थितिमा ज्यानसम्बन्धीको १३(३) नं.सँग मिल्ने वारदात नदेखिने। (प्रकरण नं. ३७) यो यो किसिमबाट यसरी यो हतियार मृतकमा प्रयोग गरी मरे मारेको हो भन्ने किटानी जाहेरी तथा चस्मदिदबाट पनि खुल्न नआएको र अदालतमा आई पूर्ण इन्कार रहेको र मृतकलाई ज्यान मार्ने मतलबमा पसी मर्नबाट भाग्न उम्कन नपाउने काम गरी मार्ने संयोग पारिदिएको सबूद प्रमाण मिसिल संलग्न कागजातबाट समेत देखिन नआएकोले पुनरावेदक प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(२) अनुसार ५ वर्षकैद गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. ३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3291
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2044/09/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3291
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्