नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3293 · वि.सं. २०४४
नि.नं. 3293 — उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती सेवा ऐन, २०१३ को दफा ६(१) मा कुनै निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गर्न वा दर्जा तलब घटाउन हुँदैन भन्ने व्यवस्था गरेको पाइन्छ, रिट निवेदकलाई उक्त कानुनी व्यवस्था अनुसार सफाईको मौका नै नदिई नोकरीबाट हटाएको कानुन अनुरुप भएको भन्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3293 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2044/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3293 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
