नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3290 · वि.सं. २०४४
नि.नं. 3290 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्ना स्वास्नी माथी जबरजस्ती करणी गर्न खोजी परास्त भएको अवस्थामा श्रीमतीकै गुहारबाट लोग्ने कोठामा पुग्दा निज मृतकलाई भेटी तत्काल उठेको रिसको आवेगमा चक्कूले हानेको र निजको मृत्यु भएकोमा चक्कू समेत बरामद भै आएको देखिएको र निज प्र.हनीफको बयान तथा सरजमीनको भनाईबाट समेत प्रमाणित भएको आधार प्रमाणबाट आफ्नो सतित्व बचाउन कराउनेलाई जबरजस्ती करणीको महलको ८ नं.ले केही सजायँ नगर्ने र सालालाई अदालतमा तथा प्रहरीमा गरेको इन्कारी बयान समेतको आधारमा सफाई दिने र हनीफ अन्सारीलाई ज्यानसम्बन्धीको १७(३) अनुसार कैदवर्ष १।६ १ वर्ष ६ महिना गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरी गरेको इन्साफ मिलेको हुँदा मनासिब ठहर्छ । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3290 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2044/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3290 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
