नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3297 · वि.सं. २०४४
नि.नं. 3297 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजहरूको बाबु मौलिदास भारतीय भनी बालकृष्णले भरेको १ नं. अनुसूचीबाट प्रष्ट भएको भन्ने लिखित जवाफको व्यहोरा अन्य प्रमाणबाट खण्डन हुनसकेको देखिएन, यस्तो अवस्थामा भारतीय नागरिक भएका मौलिदासका छोरा निवेदकहरू बंशजको नाताले नेपाली नागरिकता लिएकोलाई विवरण ढाँटी लिएको रहेनछ भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ११) झुठ्ठो विवरण वा बयान दिएर जन्म वा वंशजको नाताले नेपाली नागरिक भनी नागरिकताको प्रमाणपत्र लिएकोमा त्यस्तो प्रमाणपत्र श्री ५ को सरकारले रद्द गर्न सक्ने । (प्रकरण नं. ११) जहाँ प्रष्ट रुपमा कानुनले कसैलाई केही गर्न अख्तियार दिन्छ भने त्यस्तो अख्तियार होइन छैन भन्ने नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3297 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3297 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
