नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3292 · वि.सं. २०४४

नि.नं. 3292 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकलाई मार्ने पूर्व योजना समेत बनाई धारिलो हतियारद्वारा पटकपटक प्रहार गरी मरिसकेपछि पनि लाशमा पटकपटक धारिलो हतियार प्रयोग गरी हानी मारेको देखिन आएकोले मिसिल संलग्न उपरोक्त प्रमाण आधारबाट निज प्र.प्रेमराज श्रेष्ठलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्ने । (प्रकरण नं. २०) हतियार प्रयोग गर्दा कुनै प्रकारको रोक छेकवार समेत नगरी ज्यान मार्नमा संयोग पारी दिई ज्यान मरी सकेपछि पनि घिसारी झिक्राले छोपी आएको भन्ने देखिन आएको छ निज उपर सह अभियुक्तको पोलाई भएको समेत देखिन्छ, धारिलो हतियार प्रहार गरेको कुरामा निज प्र.तेजबहादुर इन्कार रहे तापनि निजको ज्यान मार्नमा संलग्नता मिसिल संलग्न अन्य प्रमाणबाट समर्थन देखिन आएकोले निजलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २१) प्रतिवादीको उमेर १६।१७ भन्ने निजले गरेको प्रहरी र अदालतको बयानबाट देखिन्छ, मर्नेलाई ठीक गर्ने भन्ने सल्लाहमा निज उपस्थित नभएको तर पछि निजको भिनाजु र दाजुको साथ घटनास्थलमा उपस्थित भई ढुङ्गाले हिर्काएको समेत देखिएको र निजको कलिलो उमेर समेत हुँदा निजलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने हुँदा निज बुद्धिमानको हकमा जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम ५ वर्षको सजायँ हुने। (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3292
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3292
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्