नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3305 · वि.सं. २०४४
नि.नं. 3305 — उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी हक कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. ९) नियमले नै मोहीलाई रोज्न पाउने अधिकार दिएको अवस्थामा जाहेरी दिएको कारणले जग्गा नै रोजेको हुँदा जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय गरेको भन्ने भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश (क) को त्रुटी देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3305 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3305 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
