नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3303 · वि.सं. २०४४

नि.नं. 3303 — उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं बेहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले सो कारोबार गर्दा उत्पन्न दायित्व अख्यिार दिने व्यक्तिले नै व्यहोर्नु पर्ने हुन आउँछ, कारोबारको लिमिट भन्ने कतैबाट नदेखिए पछि अख्तियार प्राप्त व्यक्तिले गरेको कारोबारबाट उत्पन्न दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं. १०) धितोबाट बैंकको साँवा ब्याजको पूरा रकम असूल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति संस्था वा उद्योगको अरु जायज्यथाबाट बैंकले लिलाम बिक्री गरी असूल उपर गर्ने सक्नेछ भन्ने व्यवस्थाबाट बैंकको असूल उपर गर्नु पर्ने साँवा ब्याज बैंकलाई लेखि दिएको सुरक्षण धितोबाट असूल उपर हुन नसकेमा ऋणीका अन्य श्रीसम्पत्तिबाट असूल गर्न सकिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3303
मुद्दाको विषयउत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निर्णय वर्ष / मिति2044/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3303
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्