नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3302 · वि.सं. २०४४

नि.नं. 3302 — चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको सामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिराखेको मान्नु पर्नेमा मनसायको अभाव देखिई निज प्रतिवादीलाई सफाई दिने गरेको इन्साफ समेत नमिलेको हुँदा उल्टी हुने । (प्रकरण नं. १७) झ्यालको डण्डी काटेर झ्यालबाट चोर पसी चोरी गरेको रहेछ भनी मौकामा प्रहरीमा गरेको कागजमा खुलाई लेखिएको देखिएबाट अपराध प्रहरी प्रतिवेदन दावी अनुसार चोरीको महलको १ नं.को अपराध गरेको हुँदा सोही ऐनको १२ नं. र १४ नं. को देहाय (ख) अन्तर्गत पर्ने देखिएकोले सोही नं. बमोजिम सजायँ समेत हुने ठहर्छ, चोरीको सामान तत्काल बरामद भई सम्बन्धित माल धनीले फिर्ता समेत लिइसकेको देखिनाले बिगो भराई दिइरहन नपर्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3302
मुद्दाको विषयचोरी
निर्णय वर्ष / मिति2044/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3302
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्