नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3310 · वि.सं. २०४४
नि.नं. 3310 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक (अपराध र सजायँ) ऐन अन्तर्गतको अभियोग स.मु.सं. ऐन , २०१७ को अनुसूची भित्र पर्नेमा विवाद नभएको र सोही ऐनमा भएको व्यवस्थाबाट यस्तो अपराध जुन इलाकामा भएको छ सोही इलाकाको प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिनु पर्ने र सोही प्रहरी कार्यालयले पनि अनुसन्धान कारवाही गर्नु पर्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १५) जाहेरवालाले विवाह गर्ने निधो गरी पोखरामा जन्ती आई विवाह गर्ने निधो भए बमोजिम जन्ती नआई जाहेरी दर्खास्त बमोजिमको अपराध गरेको भनी अभियोग लगाएकोबाट पोखरामा हुन गर्न पर्ने काम नगरी दिएबाट सो अपराध हुन गएको भन्ने दावी भएकोबाट वारदात पोखराकै मान्नु पर्ने । (प्रकरण नं. १६) सार्वजनिक (अपराध र सजायँ) ऐन, २०२७ को दफा २(ग) मा भएको व्यवस्थाबाट कसैलाई डर त्रास वा दुःख दिन अपमान वा बेइज्जती गर्ने वा हैरानी गर्ने उद्देश्यले टेलिफोन चिठी पत्र वा अन्य कुनै साधन वा गाली दिने जिस्क्याउने वा अन्य कुनै अनुचित काम कुरा गर्न निषेध गरिएको छ तर प्रस्तुत मुद्दामा जाहेरवालाले निधो गरे बमोजिम विवाहको जन्ती नआएकोबाट जाहेरवाला विपक्षीको जिन्दगी बरबाद हुने र समाजमा विकृति आउने कार्य गरेको भनी देखाई दावी गरेकोसम्म देखिन आउँछ तर दफा (ञ) मा व्यवस्था (साविक पेज न. १३०३) भए बमोजिमको यो यस्तो साधनहरू अपनाई सो कार्य गरेको भनी देखाउन सकेका देखाइएका जाहेरी दर्खास्त नक्कलबाट नदेखिएकोबाट सो दफाको अनिवार्यता पूरा भएको भन्न नमिलेकोबाट समेत जुन कुरा देखाई दावी गरेको छ सो काम कुरा यस दफा २ अन्तर्गत पर्ने देखिन नआएको समेतबाट अधिकारै नभएको कार्यालयले ऐनभित्र नपर्ने काम कुराको सिलसिलामा गरेको कारवाही जिकिर बमोजिम अधिकृत कारवाही भन्न नमिलेकोले यस्तो कारवाहीबाट निवेदकको हकमा असर परेकै देखिन आएकोले माग बमोजिम सो कारवाही नगर्नु भनी प्रतिषेधको आदेश जारी गरी पाउने। (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3310 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3310 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
