नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3306 · वि.सं. २०४४

नि.नं. 3306 — उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

पन्ध्रसय रुपैयाँ भन्दा बढी जतिसुकै जरिवाना भए तापनि जरिवाना बापत ४ वर्षकैद गर्नुपर्ने र पुनरावेदन गरेबापत थप सजायँ गर्नु पर्दा लागेको जरिवानाको सयकडाले हुने थप जरिवाना नतिरे कैद गर्नु पर्दा हुने कैद थप गर्नु पर्ने देखिँदा पुनरावेदन गरे बापतको जरिवाना समेतको कैद थपिंदै जाने कानुनी प्रावधान भएको देखिने । (प्रकरण नं. ८) शुरुले गरेको कैद र जरिवाना बापत पुनरावेदन तहबाट सदर निर्णय भएपछि चोरीको २८ नं. बमोजिम पुनरावेदन गरेबापतको जरिवाना समेतको कैद थपिंदै जाने कानुनी व्यवस्था भएको हो, पहिलेको जरिवाना बापतको ४ वर्षकैदमा पछिल्लो जरिवाना गाभिनु पर्ने भनी मान्न मिल्दैन, पछिल्लो जरिवानाको सयकडा १० प्रतिशतले थप भएको जरिवाना बापत पनि सो नतिर्दा थप कैद नै हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3306
मुद्दाको विषयउपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ
निर्णय वर्ष / मिति2044/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3306
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्