नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3309 · वि.सं. २०४४
नि.नं. 3309 — लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.ले जोतेको जग्गावाली वटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत बसी वटैया गरी दिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सकिने अवस्थाको देखिन आएन उसमा पनि वादीले प्रतिवादी बनाएका मानिस हेरिएमा प्रतिवादी बनाएका १५ जना मध्ये ८ जना सोही भर्पाई मुचुल्कामा बसेको देखिएकोबाट समेत रिसइवीको कारणबाट सम्बन्धित व्यक्तिहरू सबैलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दाको फिराद दिएको देखिने । (प्रकरण नं. १४) पुनरावेदन नै नगर्नेका हकमा ठहर्ने नगरी सफाई दिएको भन्ने हकमा आफ्नो ठहरमा वादी दावी नै झुठ्ठा ठहर गरेपछि अञ्चल अदालतबाट लुटपिट गर्ने भनी ठहर्याएका पुनरावेदन नै नगर्ने प्रतिवादीहरूको अभियोग नै कायम नरहने अवस्था पर्न गएको सो कुरालाई ध्यानमा राखी अ.बं. २०५ नं. बमोजिम अञ्चल अदालतले निजहरूलाई गरेको सजायँ समेत नलाग्ने ठहर्याएकोबाट ठहर नबोलेको भन्न नमिली यस सम्बन्धी जिरह पनि मनासिब देखिन नआउने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3309 |
|---|---|
| मुद्दाको विषय | लुटपिट |
| निर्णय वर्ष / मिति | 2044/07/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3309 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
