नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3287 · वि.सं. २०४४

नि.नं. 3287 — कीर्ते ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदन दिँदा वारेसनामामा सही गर्ने यिनै विपक्षी नै हुन् भनी स्वीकार गरेको देखिन आएबाट सो विशेषज्ञले सहिछापहरू जाँची दिएको प्रतिवेदनमा शंका लिइरहनु पर्ने कुनै अवस्था नरहेकोबाट अब निज विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गरी रहनुको कुनै तात्पर्य रहन नआउने । (प्रकरण नं. ११) यिनै निवेदक आफ्नो भाइ भनी देखाएका हकमा समेत दर्खास्त दिई कबूलियत समेत गरेको भनी पेश भइरहेको जि.भू.सु. कार्यालयमा पेश गरेको निवेदन बमोजिम जग्गा प्राप्त गर्दा गरेको भनेको प्रमाणित समेत नभएको कबूलियत भनेको कागजको आधारमा निवेदकका भाइ भनिएकाले नै बिक्री वितरणमा जग्गा पाएको भनी भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3287
मुद्दाको विषयकीर्ते ।
निर्णय वर्ष / मिति2044/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्