नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3298 · वि.सं. २०४४
नि.नं. 3298 — हक सफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
रजिष्ट्रेशन पास गर्न लागेकोले रोक्का गरिपाउँ भनी निवेदन दिएकोबाट जुन मितिमा बिक्री भयो सोही मितिलाई थाहा पाएको मिति कायम गरी गरेको मिति ०३६।१।२१ को खारेजी फैसला कानुनसंगत नदेखिँदा बदर गरी दिएको छ भनी जनकपुर अञ्चल अदालतले मिति ०३८।३।१०।४ मा गरेको फैसलाले हदम्यादको प्रश्नलाई टुंग्याएको पाइन्छ, लेनदेन व्यवहारको ११ नं. अनुसार मुख्यले थाहा पाएको भन्ने व्यवस्था भएको तर बिक्री व्यवहार गर्ने व्यक्ति नै एकाघर सगोलका मुख्य व्यक्ति नै भएकोमा यो व्यवस्था लागू हुन्छ भन्न मिलेन, एकासगोलको व्यक्तिले सुक्री बिक्री गरेकोमा ६ महिनाभित्र नालेश दिएको म्याद भित्रकै मान्नु पर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3298 |
|---|---|
| मुद्दाको विषय | हक सफा |
| निर्णय वर्ष / मिति | 2044/08/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3298 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
