सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १९९ / ४४०

नि.नं. 6761वि.सं. २०५६पूर्ण इजलास

सेवाबाट बर्खास्त ।

§ कर्मचारी वा कामदार र व्यवस्थापनको वीचमा विवाद उत्पन्न भै व्यवस्था पक्षले कामदार वा कर्मचारीलाई सजाय गरेको अवस्थामा उल्लेखित ऐनको दफा ६० को खण्ड (ग) मा प्रयुक्त “व्यवस्थापक वमा अन्य अधिकारी वमा कार्यालयले गरेको सजमाय र आदेश उपर” भन्ने वाक्यांशले तथा सोही ऐनको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6760वि.सं. २०५६संयुक्त इजलास

कुटपीट ।

कुटपीट

§ वादीका साक्षीले नै बकपत्र गर्दा यी प्रतिवादीहरुले कुटपिट गरेको भनि किटानीसाथ भन्न नसक्नुका साथै निजले डेढ विगाहा टाढाबाट घटना सम्वन्धी जानकारी पाएको भन्ने कुरामा सत्यता छ, भनेर स्पष्टरुपमा भन्न सकिने पनि देखिएन । साथै गडासा जस्तो घातक हतियार प्रयोग भएको भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6759वि.सं. २०५६संयुक्त इजलास

लागू औषध ।

लागू औषध

§ जहांसम्म उल्लेखित लागू औषध आफूले सेवन गर्नको लागि खरिद गरि ल्याई साथमा लिई हिडेको हुं, विक्रि वितरणको लागि ल्याएको होइन भन्ने निजले जिकिर लिएको छ, सो सम्वन्धमा हेर्दा ८०० ग्राम लागू औषध प्रतिवादी हर्क पुनले आफैले सेवन गर्नको लागि मात्र खरिद गरि ल्याई वोकी हि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6758वि.सं. २०५६संयुक्त इजलास

नागरिकता किर्ते ।

§ किर्ते कागजको १ नं. को व्यवस्था हेर्दा कस्तो अवस्था पर्दा किर्ते गरेको ठहर्ने हो भनि स्पष्ट व्यवस्था भएको पाइन्छ । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निशाना र छाप इत्यादि झुठा गरी बनाई सकेको भन्ने तथ्य स्थापित हुनु पर्दछ । जसको सही किर्ते भएको भनिएको हो निज व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6757वि.सं. २०५६संयुक्त इजलास

हक कायम समेत

§ रमेशमानको मिति २०४५।५।५ मा मृत्यु भएपछि विवादित सम्पत्तिमा यी वादीहरुको अपुताली हक हुनु पर्ने भन्ने दावीका हकमा विचार गर्दा मृतक रमेशमान फिरादी मध्येकी सुर्वण श्रेष्ठको छोरा भए पनि मिति २०३१।२।२७ को धर्मपुत्रको पारीत लिखत अनुसार निज रमेशमान विधिवत रुपमा जगतल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6756वि.सं. २०५६संयुक्त इजलास

परमादेश ।

परमादेश

§ शिक्षा नियमावली, २०४९ (चौथो संशोधन) ले मिति २०५३।२।१ देखि प्रारम्भ भएको नियम ६७ मा संशोधन भई पुनर्वाहाली भएको शिक्षक वा कर्मचारीले नोकरीवाट हटेदेखि पुनर्वाहली भएको मिति सम्म पुरा तलव, भत्ता र तलव वृद्धि पाउने भए सो समेत निजले पाउने छ भन्ने व्यवस्था भएको तर न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6755वि.सं. २०५६संयुक्त इजलास

अंश

§ वादी र प्रतिवादी दुवै वीच यौन सम्वन्ध भएको र वच्चा जन्मेको कुरा स्थापित भएको स्थितिमा वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम हुन आउने हुंदा वादी र निजको साक्षी खनिसरा तिलीजाको वयान र वकपत्रमा तथ्यगत कुरामा केही फरक पर्दैमा उक्त वयान वकपत्रलाई प्रमाणमा ग्रहण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6754वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ ४ वर्षको नावालक राज कुमारलाई मार्नु पर्ने सम्मको रिसइवी भएको नदेखिएको मार्ने मनसाय पनि नरहेको मार्ने मनसायले नै कुटपिट गरेको भन्ने कुराको सवुद प्रमाणबाट वादी पक्षले पुष्टि गर्न नसकेको, खाना खान लाग्दाको अवस्था खानामा पिसाव फेरी दिने सो पिसाव फेरेको खाना नखाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6753वि.सं. २०५६संयुक्त इजलास

मोही लगत कटृा ।

मोही लगत कट्टा

§ भुमि सम्वन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(ग) अनुसार कुनै मोहीले जग्गा छोडी भागी वेपत्ता भएमा मोही हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस स्थितिमा एकातिर उपरोक्त आधारमा वादीको दावी पनि देखिदैन भने अर्को तर्फ वादीले दावी गरेको अवस्थामा प्रतिवादी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6752वि.सं. २०५६संयुक्त इजलास

जग्गा खिचोला

§ प्रतिवादी वल वहादुरले मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको अवस्थामा जग्गा खिचोला मुद्दाबाट अदालतले मोहीको १ नं. को लगत समेतको कुराबाट अधिकारयुक्त निकायबाट प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रको वैधानिकता तर्फ प्रश्न उठाउने अवस्था मनासिव नदेखिने। (प्र.नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6751वि.सं. २०५६संयुक्त इजलास

करार वमोजिमको रकम लिई नामसारी गराई पाउं ।

करार वमोजिमको रकम लिई नामसारी गराई पाउं

§ नेपाल बैंक लिमिटेड खस्यौलीले आफुसंग रहेको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा सूचना प्रकाशित गरी सोही बमोजिम लिलाम गराई अर्को पक्षले लिलाम सकार गरेको कुरालाई नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट समर्थन समेत भई गरी सकेको र बांकि रुपैया बुझाउने व्यवस्था समेत तोकेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6750वि.सं. २०५६पूर्ण इजलास

लेनदेन ।

लेनदेन

§ प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि मुद्दाका पक्षले आफ्नो कुरा अदालत समक्ष राख्न पाउनु पर्छ र आफ्नो विरुद्धमा लाग्ने प्रमाणको सम्वन्धमा जानकारी पाउने अधिकार मुद्दाका पक्षलाई हुने । (प्र.नं. १४) § वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गर्दा गर्दै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6749वि.सं. २०५६विशेष इजलास

परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जि जारी गरी पाउं ।

§ समानता निरपेक्ष हुन संभव छैन । कानूनले समानताको न्यायोचित वर्गीकरण गर्न सक्छ । धारा ११(१) अन्तर्गत कुनै किसिमको वर्गीकरण गर्न नमिल्ने होइन । त्यस्तो वर्गीकरणबाट एक वर्गीकरणमा परेको मानिसहरु र अर्को वर्गीकरणका मानिसहरुको वीचमा पृथकता हुन सक्छ । केवल त्यो वर्ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6748वि.सं. २०५६विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश

§ मतदाता नामावली सम्वन्धी ऐन, २०५२ मतदाता नामावलीलाई व्यवस्थित र अद्यावधिक तुल्याउने सम्वन्धमा कानूनी व्यवस्था गर्न बनेको ऐन हो भन्ने कुरामा विवाद छैन । प्रजातान्त्रिक शासन प्रणालीमा आवधिक निर्वाचनहरु भैरहने हुंदा व्यवस्थित किसिमले निर्वाचन सम्पन्न गराउन मतादा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6747वि.सं. २०५६पूर्ण इजलास

जोतकट्टा

§ छोरा भन्ने शव्दको उल्लेखन प्रचलित नेपाल कानूनमा विभिन्न प्रयोजनको लागि गरी विशेषतः ३ प्रकारको देखाउन खोजेको पाइन्छ । पहिलो छोरा, दोश्रो सौतेनी छोरा र तेश्रो धर्मपुत्र । यसरी छोराको प्रकृति अलग अलग देखाए पनि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (म) ले पु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6746वि.सं. २०५६विशेष इजलास

उत्प्रेषण लगायतको उपयुक्त रिट आज्ञा वा आदेश जारी गरीपाउं

§ जग्गामा हक पुग्ने व्यक्तिको मन्जूरी वेगर मोहीलाई आधा जग्गाधनीत्वको हक वाडंफांड गर्ने कार्यका लागि क्षतिपुर्ति दिनु पर्दछ वा दिनुपर्ने अवस्था पर्दछ भन्न मिलेन । जग्गाधनीको आधा हक मोहीलाई वांडफांड गरी दिने कार्य सम्पत्ति माथि राज्यले कुनै प्रकारको हक सिर्जना ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6745वि.सं. २०५६संयुक्त इजलास

परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं

§ वास्तवमा मानव अधिकारको कुरा एक संवेदनशिल कुरा हो, सो कुरालाई कसैले पनि इन्कार गर्न मिल्दैन । तसर्थ यस्तो संवेदनशिल कुरा गांसिएको आयोगलाई लामो समयसम्म सजीवता नदिई निष्क्रिय राखी छाड्दा निश्चय पनि विधायिकाको मनसाय विपरित हुन जान्छ। आयोग गठन नभएसम्म आयोगले गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6744वि.सं. २०५६संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारित गरी लिने र सो वापत हाल वैना स्वरुप केही रकम दिने, प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी वादीले लिने र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6743वि.सं. २०५६संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ विवादित २०४१।१।२२ को लिखत हेर्दा लिखितम तपाई साहुको सांवा व्याज बुझाउन नसके साहु ऋण कानून वमोजिम मेरा घरका गैह्र जेथाबाट तपाई साहुको सांवा व्याज उपर गरी लिनु भन्ने समेत व्यहोरा पारी लिखत भएको देखिन्छ । लिखतको स्वरुप समेतबाट व्यापारीक कारोवारको लिखत नभई लेनदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6742वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ अ.वं. २०५ नं.को उपर्युक्त व्यवस्था अनुरुप शुरु जिल्ला अदालतवाट प्रतिवादीहरु मध्ये कसुरदार ठहरी सजाय पाएको मध्ये कसैको पुनरावेदन पर्यो र अरु वांकीको पुनरावेदन परेन भने त्यस्तोमा पुनरावेदन गर्ने प्रतिवादीलाई शुरुले कसुरदार ठहर्‍याएको इन्साफ उल्टी भै फैसला हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6741वि.सं. २०५६संयुक्त इजलास

जारी ।

जारी

§ इलाका प्रहरी कार्यालय दोभानमा मिति २०४६।९।६ मा कुविजा र शंकर न्यौपानेको वीचमा भएको भनिएको कागज अंश मुद्दाको नालेश परिसकेपछि सृजना गरेको देखिएकोले त्यस्तो कागजको प्रमाणिक मुल्य नरहनुका अतिरिक्त फिराद साथ नक्कल दाखिल गर्न सक्ने प्रकृतिको देखिएको उक्त कागजको नक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6740वि.सं. २०५६संयुक्त इजलास

शेषपछीको वकसपत्र वदर दर्ता कायम ।

शेषपछीको वकसपत्र वदर दर्ता कायम

§ विवादको मिति ०४७।११।३० को पारित लिखत शेष पछिको वकसपत्र भएको र दिनेको शेषपछि खान पाउने कुराको लिखत गरि दिएकोमा सो लिखत गरि दिनेको चित्त नवुझी वदर गर्छु भन्छ भने जहिले सुकै वदर गर्न पाउंछ भन्ने दान वकसको २ नं. ले गरेको कानूनी व्यवस्थावाट शेषपछिको वकसपत्र दिनेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6739वि.सं. २०५६संयुक्त इजलास

दर्ता वदर हक कायम ।

दर्ता वदर हक कायम

§ मिति २०४४।१२।२१ मा दावीका जग्गा श्री ५ को सरकारको नाउंमा दर्ता हुने निर्णय भइ सोहि मितिवाट मुद्दा चलाउनुपर्ने कारण सृजना भएकोमा त्यस्को झण्डै ८ वर्ष पछि मिति २०५२।७।१० मा फिराद पर्न आएको देखिदा हदम्यादभित्र फिराद दायर नभएको भन्ने आधार देखाई फिरादपत्र खारेज ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6738वि.सं. २०५६संयुक्त इजलास

मिलापत्र वदर ।

मिलापत्र वदर

§ वावु जिवित छंदै वावुले नै घर व्यवहार गर्ने हुन्छ । वावु छंदै सम्पत्तिमा छोराहरुको हकाधिकार स्थापित भैसकेको मान्न पनि नमिल्नेमा वावु र काकी वीच अंश मुद्दामा लिनु दिनु गरी भएको मिलापत्र वदर गराउन वादीले पाउने स्थिति नदेखिंदा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन…

नजिर सार पढ्नुहोस् →