नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6742 · वि.सं. २०५६

नि.नं. 6742 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. २०५ नं.को उपर्युक्त व्यवस्था अनुरुप शुरु जिल्ला अदालतवाट प्रतिवादीहरु मध्ये कसुरदार ठहरी सजाय पाएको मध्ये कसैको पुनरावेदन पर्यो र अरु वांकीको पुनरावेदन परेन भने त्यस्तोमा पुनरावेदन गर्ने प्रतिवादीलाई शुरुले कसुरदार ठहर्‍याएको इन्साफ उल्टी भै फैसला हुने अवस्थामा पुनरावेदन नगर्ने प्रतिवादी समेतको हकमा पुनरावेदन गर्ने प्रतिवादी सरह नै इन्साफ उल्टी गर्नु पर्छ । त्यस्तोमा पुनरावेदन गरेको छैन भनी शुरु अदालतले कसुरदार ठहर्‍याएको निर्णय सदर गर्न हुदैन । पुनरावेदन दिने प्रतिवादीको शुरु इन्साफ उल्टी गरे सरह नै निजको हकमा समेत उल्टी गर्नुपर्छ । तर प्रस्तुत मुद्दामा उक्त अवस्था विद्यमान छैन । किनकी शुरु सोलुखुम्बु जिल्ला अदालतले प्र. वाङ्देल र प्र. दावा सोनाम शेर्पा समेत दुवै प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम कसुरदार ठहर्‍याई सजाय गरेकोमा वाङ्देल शेर्पाको मात्र पुनरावेदन परेको र दावा सोनामको पुनरावेदन नपरेकोले अ.वं. २०५ नं. को अवस्था विद्यमान भयो की भन्ने भ्रम पर्न जाने सम्भावना रहेता पनि सोही अ.वं. २०५ नं. वमोजिम पुनरावेदन गर्ने वाङ्देलको सजाय उल्टीने अवस्था भएमा मात्र दावा सोनामको हकमा पनि शुरु इन्साफ उल्टी गरी दिनु पर्ने हो तर प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने प्र. वाङ्देलको हकमा शुरु इन्साफ सदर भएको अवस्थामा पुनरावेदन नगर्ने प्र.दावा सोनामको हकमा शुरु जिल्ला अदालतले कसुरदार ठहर्‍याएको इन्साफ उल्टी हुने अवस्था नै उक्त कानूनी प्रावधानले प्रदान गरेको देखिदैन । तसर्थ अ.वं. २०५ नं. विपरित पुनरावेदन नै नगर्ने प्र. दावा सोनाम शेर्पाको हकमा शुरु सोलुखुम्बु जिल्ला अदालतले निजलाई कसुरदार ठहर्‍याएको इन्साफ उल्टी गरी आरोपित कसुरवाट सफाइ दिएको तत्कालीन सगरमाथा अंचल अदालत ओखलढुंगा वेन्चको निर्णय सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिंदा सो हदसम्म उक्त फैसला उल्टी हुने । (प्र.नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6742
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2055/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6742
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्