नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6761 · वि.सं. २०५६

नि.नं. 6761 — सेवाबाट बर्खास्त ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कर्मचारी वा कामदार र व्यवस्थापनको वीचमा विवाद उत्पन्न भै व्यवस्था पक्षले कामदार वा कर्मचारीलाई सजाय गरेको अवस्थामा उल्लेखित ऐनको दफा ६० को खण्ड (ग) मा प्रयुक्त “व्यवस्थापक वमा अन्य अधिकारी वमा कार्यालयले गरेको सजमाय र आदेश उपर” भन्ने वाक्यांशले तथा सोही ऐनको दफा ५० मा कर्मचारी र कामदारलाई सजाय गर्ने व्यवस्थापक भएकोले सजाय पाउने कामदार वा कर्मचारी हुने हुँदा त्यस्तो कामदार वा कर्मचारीको श्रम अदालतमा पुनरावेदन लाग्ने कुरा इङ्गित गर्दछ भने निर्णय गर्ने व्यवस्थापन पक्षले पुनरावेदन दिन पाउने कुराको परिकल्पना गरेको भन्ने नदेखिने । प्र.नं १२ श्रम ऐन २०४८ वमोजिम श्रम अदालतवाट हुने काम कारवाही श्रम अदालत गठन नभएसम्म पुनरावेदनवाट हुने गरिएकोले अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्थाको अदालतमा श्रम अदालतवाट हुने काम पुनरावेदन अदालतवाट भएको कारणले पुनरावेदन अदालतको फैसला उपरको दोश्रो तहको यो पुनरावेदन न्याय प्रशासन ऐन २०४८ ले सर्वोच्च अदालतमा नलाग्ने । (प्र.नं.१२) § प्रस्तुत विवादमा व्यवस्थापन पक्षले सजाय गरी सेवावाट वर्खास्त गरेको कर्मचारी वा कामदारका विरुद्धमा व्यवस्थापन पक्षको यस अदालतमा पुनरावेदन लाग्न सक्ने नसक्ने भन्ने नै रहेको छ । माथी उल्लेख भए वमोजिम व्यवस्थापन पक्षले यो पुनररावेदन सर्वोच्च अदालतमा गर्न पाउने भन्न मिल्ने अवस्था देखिएन । तसर्थ व्यवस्थापन पक्षले यस अदालतमा पुनरावेदन गर्न पाउने गरी भएको मिति २०५४।९।१ को फैसला वमोजिम हुनु पर्ने भन्ने संयुक्त इजलासवाट व्यक्त राय कानून संगत नदेखिने । (प्र.नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6761
मुद्दाको विषयसेवाबाट बर्खास्त ।
निर्णय वर्ष / मिति1056/02/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री भैरवप्रसमाद लम्साल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6761
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्