नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6753 · वि.सं. २०५६
नि.नं. 6753 — मोही लगत कटृा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भुमि सम्वन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(ग) अनुसार कुनै मोहीले जग्गा छोडी भागी वेपत्ता भएमा मोही हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस स्थितिमा एकातिर उपरोक्त आधारमा वादीको दावी पनि देखिदैन भने अर्को तर्फ वादीले दावी गरेको अवस्थामा प्रतिवादी कारागारमा थुनामा रहेको अवस्थामा देखिंदा प्रतिवादी भागेको वा वेपत्ता भएको भनी मान्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6753 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कटृा । |
| निर्णय वर्ष / मिति | 2055/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6753 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
