नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6741 · वि.सं. २०५६

नि.नं. 6741 — जारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ इलाका प्रहरी कार्यालय दोभानमा मिति २०४६।९।६ मा कुविजा र शंकर न्यौपानेको वीचमा भएको भनिएको कागज अंश मुद्दाको नालेश परिसकेपछि सृजना गरेको देखिएकोले त्यस्तो कागजको प्रमाणिक मुल्य नरहनुका अतिरिक्त फिराद साथ नक्कल दाखिल गर्न सक्ने प्रकृतिको देखिएको उक्त कागजको नक्कल फिराद साथ पेश नगरी पुनरावेदन अदालतमा आएर मात्र उक्त कागजको फोटो प्रतिलिपि पेश गरेको देखिंदा यस्तो कागज अ.वं. ७७ नं प्रतिकूल भै प्रमाण ग्राह्य भन्न नमिल्ने । § कुविजाले आफ्नो छोराहरु उपर समेत गाली वेइजती मुद्दा दिई झगडिया वनाइएका कृष्ण प्रसाद र वेद प्रसाद वस्यालको वकपत्रलाई स्वतन्त्र साक्षीको वकपत्र सरह प्रमाणमा लिन नमिल्नेमा गवाही दिन कर नलाग्ने भनी प्रमाण ऐनले तोकिएका यस्ता छोरा नाताका व्यक्तिहरुले आमाको विरुद्धमा व्यक्त गरेको वकपत्रलाई मात्र आधारमानी जारी गरेको भन्ने वादी दावी शंकारहित तवरवाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा अन्य स्वतन्त्र एवं वस्तुनिष्ठ आधार प्रमाणको अभावमा कसुरदार ठहराउन नमिल्नेमा शुरु पाल्पा जिल्ला अदालतले वादी दावी वमोजिम जारीको कसुर ठहर गरेको त्रुटिपूर्ण निर्णय वदर गरी प्रतिवादी कुविजा वस्याल र भीमलाल भन्ने शंकर न्यौपानेले आरोपित कसुरवाट सफाइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6741
मुद्दाको विषयजारी ।
निर्णय वर्ष / मिति2055/08/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6741
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्