नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6743 · वि.सं. २०५६
नि.नं. 6743 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित २०४१।१।२२ को लिखत हेर्दा लिखितम तपाई साहुको सांवा व्याज बुझाउन नसके साहु ऋण कानून वमोजिम मेरा घरका गैह्र जेथाबाट तपाई साहुको सांवा व्याज उपर गरी लिनु भन्ने समेत व्यहोरा पारी लिखत भएको देखिन्छ । लिखतको स्वरुप समेतबाट व्यापारीक कारोवारको लिखत नभई लेनदेन कारोवारको लिखत देखिंदा लेनदेनको ४० नं. लाग्न सक्ने अवस्थाको नभई लेनदेन व्यवहारको २ नं. वमोजिमको देखिंदा हदम्याद नाघेको भन्न मिलेन। लेनदेन व्यवहारको २ नं वमोजिम हदम्याद कायम गरी सांवा व्याज समेत भराई पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँ को फैसला मनासिव ठहर्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6743 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2055/08/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6743 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
