नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6750 · वि.सं. २०५६

नि.नं. 6750 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि मुद्दाका पक्षले आफ्नो कुरा अदालत समक्ष राख्न पाउनु पर्छ र आफ्नो विरुद्धमा लाग्ने प्रमाणको सम्वन्धमा जानकारी पाउने अधिकार मुद्दाका पक्षलाई हुने । (प्र.नं. १४) § वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गर्दा गर्दै पनि उक्त कर्जा आफुले वुझाइसकेको र सो को लिखत समेत वादी स्वयंले च्याती नष्ट गरिसकेको हुंदा हाल प्रस्तुत गरिएको लिखत सद्दे नभएको वा वादीले धोका दिएको हुन सक्ने भन्ने जिकिर लिएको अवस्था विद्यमान रहेकोले विवादित लिखत प्रतिवादीलाई समेत देखाई उसले सद्दे कीर्ते वा जालसाजी के भन्छ सो व्यहोरा समेतका आधारमा न्याय निरुपण गर्नुपर्ने हुन्छ । प्रतिवादीले आफ्ना विरुद्ध प्रस्तुत हुने प्रमाण देख्न सुन्न नपाएको अवस्थामा उक्त लिखतको विश्वसनीयता एवं आधिकारिकता पुष्टि भएको मान्न सकिदैन । दुवै पक्षको मुख मिलेको अवस्थामा र प्रमाण कागजका सम्वन्धमा विवाद नउठेको अवस्थामा त्यस्तो प्रमाण कागज देखाउन सुनाउन पर्ने अवस्था हुंदैन, जव लिखत कागज नै विवादित हुन्छ त्यस अवस्थामा त्यस्तो विवादित कागज मुद्दाका पक्षले देख्न सुन्न पाउनु पर्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6750
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2055/12/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको छुट्टै राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५४।७।२५ को फैसला । | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको रायसंग सहमत हुन सकिएन । पुनरावेदन अदालतबाट वादीलाई लिखत दाखिल गर्न म्याद पठाई दाखेल गरेमा तहकीकात गरी दिनुपर्ने देखिएकोले शुरु अदालतको र पुनरावेदन अदालत पोखराको मिति २०४९।५।२५ को फैसला वदर हुने ठहर्‍याई अ.वं. ७८ नं. वमोजिम प्रकृया त्यहीबाट अपनाई कानून वमोजिम पुनरावेदन किनारा गर्नु भनी रुजु पक्षलाई तारेख तोकी पुनरावेदन अदालत पोखरामा मिसिल पठाउने ठहर गरेको माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिव ठहर्छ । तसर्थ न्याय प्रशासन ऐन
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6750
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्