नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6757 · वि.सं. २०५६

नि.नं. 6757 — हक कायम समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रमेशमानको मिति २०४५।५।५ मा मृत्यु भएपछि विवादित सम्पत्तिमा यी वादीहरुको अपुताली हक हुनु पर्ने भन्ने दावीका हकमा विचार गर्दा मृतक रमेशमान फिरादी मध्येकी सुर्वण श्रेष्ठको छोरा भए पनि मिति २०३१।२।२७ को धर्मपुत्रको पारीत लिखत अनुसार निज रमेशमान विधिवत रुपमा जगतलालको धर्मपुत्र भैसकेको र सो लिखतको अस्तित्व उपर कुनै चुनौती नभई वहाल नै रहेको अवस्थामा रमेशमान र यी वादी मध्येकी सुर्वण श्रेष्ठको आमा छोराको नाता समाप्त भै निजहरु वीच दिदी र भाइको नाता स्थापित भइसकेको देखिन्छ । भाइको अपुताली दिदीमा सर्ने कानूनी व्यवस्थाको अभावमा यी वादीले रमेशमानको सम्पत्तिमा अपुताली हक पाउने भन्न मिल्ने देखिएन । रमेशमानलाई जगतलालले धर्मपुत्रको लिखत गरी दिएको भएतापनि जगतलालको मृत्यु पछि निजको नाउंको सम्पत्ति धर्मपुत्रमा नामसारी हक हस्तान्तरण इत्यादि भई नसकेको हुंदा जगतलाल कै अपुतालीमा दावी लिई आएको र पिताको नाममा दर्ता रहेको सम्पत्ति नजिकका अन्य हकवालाहरु जीवित नरहेको अवस्थामा हामी छोरीहरुको अपुताली हक कायम हुनु पर्छ भन्ने जिकिर लिएको देखिन्छ तापनि मिसिल संलग्न २०३४।११।२ को भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको पर्चा वमोजिम भक्तपुर जि. सिपाडोल गा.वि.स.वडा नं. ९ को कि.नं. १३५ र कि.नं. २७ का जग्गाहरु जगतलालको नामबाट रमेशमानले आफ्नो नाममा नामसारी दर्ता गराएको देखिन्छ । यसबाट धर्मपुत्रमा नामसारी लगायत हक हस्तान्तरण भै नसकेको भन्ने वादीहरुको दावी आधारहीन देखिंदा जगतलालको अपुताली वादीहरुमा परेको भन्ने कथनको पुष्टि हुन सकेको छैन । यस प्रकार २०३१ सालमा पिता जगतलाल र २०३५ सालमा माता जननी मायाको स्वर्गवास भएपछि त्यसको १० वर्ष पछि २०४५ सालमा वावु जगतलालको अपुताली हक कायम गरी पाउं भनि लिएको वादी दावी पुग्न नसक्नेमा वादी दावी वमोजिम नामसारी हक कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6757
मुद्दाको विषयहक कायम समेत
निर्णय वर्ष / मिति2055/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6757
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्