नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6754 · वि.सं. २०५६

नि.नं. 6754 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ४ वर्षको नावालक राज कुमारलाई मार्नु पर्ने सम्मको रिसइवी भएको नदेखिएको मार्ने मनसाय पनि नरहेको मार्ने मनसायले नै कुटपिट गरेको भन्ने कुराको सवुद प्रमाणबाट वादी पक्षले पुष्टि गर्न नसकेको, खाना खान लाग्दाको अवस्था खानामा पिसाव फेरी दिने सो पिसाव फेरेको खाना नखाई पर सार्दा सो खाना खुट्टाले हानी यी पुनरावेदकको जिउ भरी पारि दिएको कारणबाट तत्काल रिस उठेको रिस थाम्न नसकी साधारण कुचोले कुटपिट गर्दा सोही चोटबाट मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १३ नं. आकर्षित हुन सक्ने देखिन आउंदैन । ज्यान मार्नाको मनसाय पनि नरहेको, ज्यान लिनु पर्ने सम्मको रीसइवी पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी साधारण लाठा ढुङगा लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने ज्यान सम्वन्धी महलको १४ नं. मा गरिएको कानूनी व्यवस्था नै आकर्षित हुने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6754
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2055/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6754
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्