नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6740 · वि.सं. २०५६
नि.नं. 6740 — शेषपछीको वकसपत्र वदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको मिति ०४७।११।३० को पारित लिखत शेष पछिको वकसपत्र भएको र दिनेको शेषपछि खान पाउने कुराको लिखत गरि दिएकोमा सो लिखत गरि दिनेको चित्त नवुझी वदर गर्छु भन्छ भने जहिले सुकै वदर गर्न पाउंछ भन्ने दान वकसको २ नं. ले गरेको कानूनी व्यवस्थावाट शेषपछिको वकसपत्र दिनेको मृत्यु पश्चात मात्र क्रियाशिल हुने हंदा सो लिखतबाट पाउनेको तत्काल हक पुग्ने अवस्था हुंदैन । दिन नहुने दानवकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने दान वकसको ५ नं. मा उल्लेख भएको देखिंदा सो वमोजिम नालिस गर्न पाउने हक वादीको श्रृजित भई सकेको देखिन नआउने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6740 |
|---|---|
| मुद्दाको विषय | शेषपछीको वकसपत्र वदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2055/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6740 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
