नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6759 · वि.सं. २०५६
नि.नं. 6759 — लागू औषध ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जहांसम्म उल्लेखित लागू औषध आफूले सेवन गर्नको लागि खरिद गरि ल्याई साथमा लिई हिडेको हुं, विक्रि वितरणको लागि ल्याएको होइन भन्ने निजले जिकिर लिएको छ, सो सम्वन्धमा हेर्दा ८०० ग्राम लागू औषध प्रतिवादी हर्क पुनले आफैले सेवन गर्नको लागि मात्र खरिद गरि ल्याई वोकी हिडेका होलान् भन्ने अनुमान गर्नु विश्वासनीय र व्यवहारिक हुने देखिंदैन । यस सम्वन्धमा वादी श्री ५ को सरकार प्रतिवादी श्याम कुमार श्रेष्ठ समेत भएको लागू औषध मुद्दामा यस अदालतको संयुक्त इजलासवाट मिति २०४७।५।२०।४ मा (ने.का.प. २०४८ अंक ५ पृष्ठ संख्या २१२ नि.नं. ४२९४) कुनै व्यक्तिको साथवाट वरामद भएको लागू औषधको परिमाण पनि विचारणीय हुनेू भनि सिद्धान्त समेत प्रतिपादन भइरहेको देखिंदा उक्त सिद्धान्तवाट समेत वरामद भएको त्यति ठुलो परिमाणको लागू औषध हेरोइन प्रतिवादीले आफ्नो सेवनको लागि मात्र ल्याएको भन्ने कथन पत्यारलायक नदेखिंदा निज हर्क पुन मगरलाई अभियोग पत्र माग दावी अनुसारको कसुरदार ठहर्याई सजाय गरेको हद सम्म शुरुको इन्साफ सदर कायम गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुंदा सदर हुने। (प्र.नं. ३१) § मुख्य अभियुक्त हर्क पुन मगरको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानमा यी प्रतिवादीहरुलाई समेत पोलेको देखिन्छ तापनि अदालत समक्ष वयान गर्दा आफूले ८०० ग्राम हिरोइन ल्याएको कुरा स्वीकार गरेको तर यी प्रतिवादीहरुलाई चिनेको छैन भनि लेखाई दिएको देखिएवाट यी प्रतिवादीहरु कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल कसुरदार हुन् भन्ने कुरालाई गढाउ हुने तथ्ययुक्त एवं स्वतन्त्र प्रमाणको अभावमा सहअभियुक्त हर्क पुन मगरले केवल प्रहरीमा गरेको पोल कै आधारमा मात्र निजहरुलाई मतियारको रुपमा कसुरदार ठहराई सजाय गर्न नमिल्ने हुंदा निज प्रतिवादी कृष्ण तिवारी र चन्द्र्रकान्त सिग्देलले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6759 |
|---|---|
| मुद्दाको विषय | लागू औषध । |
| निर्णय वर्ष / मिति | 2055/09/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6759 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
