नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6744 · वि.सं. २०५६
नि.नं. 6744 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारित गरी लिने र सो वापत हाल वैना स्वरुप केही रकम दिने, प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारित गरी वादीले लिने र नलिएमा बैना वट्टा पच हुने समेतका शर्तहरु उल्लेख भएको र त्यसमा दुवै पक्षले स्वीकृति जनाएको देखिंदा त्यस्तो लिखतलाई करारको प्रकृतिको लिखत मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको, भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालेस लाग्न सक्दैन भन्ने उल्लेख भएको स्थितिमा विवादित लिखतलाई तमसुकको संज्ञा दिन सकिएन । करार ऐनले करारको लिखतको ढांचा तोकी दिएको पाइदैन, तर ऐनमा रहेको करारको परिभाषा तथा प्रस्ताव, एवं स्वीकृति जस्ता कुराहरुका आधारमा उक्त लिखत करारको लिखत हो भन्ने कुरा स्थापित हुन्छ।करार ऐन अनुसार करारका दुवै पक्षमा करारीय दायित्व (Contractual Obligation) निहित रहने र कुनै पक्षबाट त्यस्तो दायित्व पूरा नगरिएमा करारको उलंघन भएको मानी ऐ. ऐनको दफा १५(१) बमोजिम करार उलघंन गर्ने पक्षबाट अर्को पक्षले क्षतिपुर्ति भराई लिन पाउंछ र त्यस्तो पक्षले करार ऐन बमोजिमकै कार्यविधि अवलम्वन गर्नु पर्ने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6744 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2056/02/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6744 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
