नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6760 · वि.सं. २०५६
नि.नं. 6760 — कुटपीट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीका साक्षीले नै बकपत्र गर्दा यी प्रतिवादीहरुले कुटपिट गरेको भनि किटानीसाथ भन्न नसक्नुका साथै निजले डेढ विगाहा टाढाबाट घटना सम्वन्धी जानकारी पाएको भन्ने कुरामा सत्यता छ, भनेर स्पष्टरुपमा भन्न सकिने पनि देखिएन । साथै गडासा जस्तो घातक हतियार प्रयोग भएको भन्ने कुरा घाजांच केश फारामबाट खुल्न आएको पनि देखिएन । यस्तो स्थितिमा शुरु महोत्तरी जिल्ला अदालतले गरेको इन्साफ उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदातल, जनकपुरको इन्साफ मनासिब देखिंदा सदर हुने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6760 |
|---|---|
| मुद्दाको विषय | कुटपीट । |
| निर्णय वर्ष / मिति | 2056/01/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6760 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
