§ वादीले दावी गरेको जग्गा विपक्षी सेती प्राविधिक शिक्षालयले शुद्ध लेनदेन व्यवहारको महल वमोजिमको प्रकृयालाई मात्र पुरा गरी लिएको भन्ने कुरा देखिन आउंदैन । जिल्ला प्रशासन कार्यालयले सेती प्राविधिक शिक्षालयका लागि वादी दावीको जग्गा अधिग्रहण गर्ने गरी प्रकाशित सूच…
§ के कस्तो अवस्था वा के कस्तो कार्यबाट अदालतको अपहेलनाजन्य कार्य भएको मानिने भन्ने सम्वन्धमा सर्वोच्च अदालत ऐन, २०४८ मा व्यवस्था नभएपनि स्वतन्त्र न्यायपालिकाको संरक्षणको लागि अदालत स्वयंले ती कुराहरुको निर्क्र्यौल गर्न सक्ने स्वविवेकीय अधिकार प्रदान गरेको देखि…
§ भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को वनौटको आधारमा जग्गा कमाउन दिंदा लिंदा दुवै पक्षको सही छाप भएको लिखित कवुलियत हुनु पर्ने अनिवार्य देखिन आउंछ । मोही कायम गरी पाउं भनी एकवाली सा कानुले पेश गरेको कवुलियतमा निजैको सहीछाप परेको छैन । जग्गा कमाएको हुं भनी जुन क…
§ तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ वमोजिम पुनरावेदनको अनुमतिको लागि परेका निवेदनमा पुनरावेदन अदालतले कारवाही किनारा गरी गरेको निर्णय उपर सोही ऐनको दफा १३(७) को आधारमा पुनरावेदनको अनुमति पाउं भन्ने निवेदन पुनः यस अदालतमा लाग्ने हुंदा यस अदालतले सोही वमोजिम…
§ सिराहा अस्पतालको मिति २०४५।३।२८ को रायमा खुट्टा हाल काम नलाग्ने भन्ने शव्द उल्लेख भएकोबाट सधैं भरी काम नलाग्ने भन्ने नभइ पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुट्टाले हिडिरहेको भन्ने देखिंदा यी वादी व…
§ प्रस्तुत विवादमा उल्लेखित दुवै लिखतको प्रकृतिले ती लिखत करारनामाको लिखत हुंदाहुंदै पनि लिखत अनुसार भएन भन्ने पक्षले करार ऐन अनुसार नै उपचार खोज्नू पर्नेमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको २ नं. अनुसार वादीको फिराद परेको देखिन्छ । तसर्थ करार ऐन अर्न्तगतबा…
§ २०३४।२।३१ को वक्सपत्रमा शेषपछिको वक्सपत्र भन्ने उल्लेख भएको र यस्तो शेषपछिको वक्सपत्रदाताको जीवनकालमा जहिले पनि वदर गर्न सक्ने हुंदा लिखतको प्रकृतिवाट नै दाताको शेषपछि क्रियाशील हुने हो । यस अदालतको झगडीया झिकाउने आदेशमा आजैका मितिदेखि भोगचलन गर्ने गरि वक्सप…
§ जग्गा रजिष्ट्रेशन गरी दिने विषयमा लिखत खडा भएकोमा दुवै पक्षको मुख मिलेकै पाइन्छ । लिखतमा दुवै पक्षको हस्ताक्षर नभएको, लिखत लेख्ने सिताराम महतोले अदालतमा आई वयान गर्दा रुपैया लिनु दिनु गरी सकेको भन्न सकेको समेत पाइदैन र रजिष्ट्रेशनको ६ नं. मा लिखत रजिष्ट्रेशन…
§ पुनरावेदक प्रतिवादीले यस अदालतबाट तोकी पाएको मिति ०५५।३।२३ को तारेख गुजारी वसेको भएतापनि अ.वं. २०१ नं. वमोजिम निर्णय दिनु पर्ने । (प्र.नं. १०) § विवादग्रस्त कि.नं. २१० को जग्गा ०-०-७ (सातघुर) क्षेत्रफल भएको र सो जग्गामा मोही हिरालाल साह तेलीले घर बनाई अघि दे…
§ मोही साहिली मगर्नी २०३९ सालाम नै स्वर्गे भै सकेकोमा ०४७ सालमा वाली वांकीमा स्व. मोही कै नाउंमा दिएको प्रस्तुत मुद्दाबाट कारवाई गर्नु पर्ने कानून संगत हुंदैन । मरी सकेका व्यक्ति उपर परेको नालेस दैयादारले सकार गर्न आउदैंमा कानून वमोजिम सकार गरेको सरह मान्न सकि…
§ प्रस्तुत मुद्दामा २०४१ सालमा मानु छुटिएको मिति कायम भए उपर वादीको निवेदन जिकिर नदेखिएपछि त्यसलाई स्वीकार गरेकै मान्नु पर्यो । ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट कि.नं. १२७ र १८१ को जग्गा प्रतिवादीले प्राप्त गरेको देखिन्छ । मानो छुटिएको मिति भन्दा पछ…
§ कसैको निर्विवाद हकमा कसैवाट आघात हुने पर्याप्त आधार र आशंकाको स्थिति विद्यमान छ, निषेधाज्ञा जारी नभएमा निवेदकले अपुरणीय क्षति वेहोर्नु पर्ने स्थिति छ भने मात्र अदालतले हस्तक्षेप गरी निषेधाज्ञा जारी गरी रोक्नु पर्ने हुन आउंछ । निवेदकको लेखाइबाट त्यस्तो स्थित…
§ जिल्ला न्यायाधीशद्वारा यसप्रकार सम्पन्न भइसकेको कार्यवाहीलाई वदर गर्न पाउने अधिकारको सिमा दण्ड संजायको ६१ नं. को कानूनी व्यवस्थाले निर्धारण गरेको र सो कानूनको व्यवस्थाबाट फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीका कार्यवाहीमा चित्त नवुझ्ने पक्षले १५…
§ एक प्रयोजनको लागि दिएको लिफा अर्को प्रयोजनमा प्रयोग गरिएको भन्ने वादीको दावी नभई सो लिफामा लागेको छाप दस्तखत किर्ते गर्यो भन्ने सम्ममा तहकिकात गर्नको लागि मुलुकी ऐन, अ.वं. ८२ नं. वमोजिम इन्साफ तहकिकात गर्न यी वादीको हक जाने नोक्सान हुने वा सो केही नभएपनि झुठ…
§ वादीको व्यक्तिगत चरित्रलाई लिएर प्रतिवादीले विवादित सामाग्री प्रकाशित गरेको नभई वादीको व्यापारिक हैसियतका सम्वन्धमा लेखिएको देखिन आउंदछ । वादीले गरेको व्यापारका विषयमा खोतल्न भन्ने विचार राज्यको ध्यान आकर्षित गर्ने उद्देश्यले गरेको हो वेइजत गर्ने उद्देश्यले…
§ रै.नं. ६३ को ०-०-६-२ जग्गा प्र. दयामानले वादी मध्येको भुवनमानबाट २०३०।२।२१ मा वक्सपत्र पाएको र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट घर कर्जा लिई सो जग्गामा घर बनाएको देखिन आउंछ । प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट कर्मचारी घर जग्गा सापटी व्यवस्था अर्न्तगत घर…
§ जुन मितिमा तराई तर्फ लगेको भनी जाहेरी परेको छ त्यही मितिमा निज पार्वता उप्रेती स्वयं समेत प्रहरी हिरासतमा परेको देखिन्छ भने मुख्य कसुरदार भनी उल्लेख गरिएका इन्द्रप्रसाद मैनाली पनि उक्त मितिमा आफूले पढाउदै आएको विद्यालयमा नै हाजिर रहेको देखिन्छ । यसबाट जाहेरी…
§ वादी अमरदेवी श्रेष्ठबाट हालै देखिको वकसपत्र प्राप्त गरेपछि प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गाको केही खण्डमा साविकमा रहेको खपडाको घर भत्काई पक्की घर वनाएको भन्ने निजको प्रतिउत्तर जिकिर रहेको र मिसिल सामेल रहेको मिति २०५५।६।२४ को नक्सा कुण्डलीमा जनिएको…
§ मुलुकी ऐन, अदालती वन्दोवस्तको ५९ नं. मा कुनै मुद्दामा आफ्नो कावु वाहिरको परिस्थितिले गर्दा म्याद तारेख गुज्रेमा एकै पटक वा ३ पटक सम्म गरी वढीमा ३० दिन सम्म गुज्रेको म्याद तारेख थामिन सक्दछ भन्ने व्यवस्था गरेको देखिन्छ । यहि व्यवस्था अनुसार पुनरावेदन सुन्ने अ…
§ घटनास्थल प्रकृति मुचुल्कामा लाश फेला परेको इनारलाई बाहिरबाट फलामे जालीले ढँकिएको भनी उल्लेख भएको रहेछ । उक्त जाली हटाइएको अवस्था समेत देखिएन । आफै हाम फाल्ने व्यक्तिले हटाएको फलामे जाली हटेकै अवस्थामा रहनु पर्ने हुन्छ । फलामे जाली हटेको अवस्था नदेखिंदा कुनै…
§ प्रस्तुत निवेदनको विषयवस्तुसंग सम्वन्धित रानी पोखरी क्षेत्रको संरक्षण गरी पाउं भनी यस अदालतमा परेको निवेदनमा अर्थात ने.का.प. २०५४ नि.नं. ६३९१ अंक ६ पृष्ठ ३१२ निवेदक प्रकाशमणि शर्मा वि. श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत भएको उत्प्रेषणयुक्त प्रतिषेध मु…
§ मोहियानी कायम हुन भुमि सम्वन्धि ऐन, २०२१ को दफा २५ र ३४ ले निर्धारीत शर्त एवं प्रक्रिया पुरा नगरी मोही हक स्थापित हुन नसक्ने कानूनी पृष्ठभुमिमा अरुको जग्गामा घर बनाई वसिरहेकै कारणले मात्र मोहियानी हक श्रृजना भएको मान्न मिल्दैन । घरको स्वामित्व र मोहियानी वेग…
§ वादी प्रतिवादी वीच चल सम्पत्ति वण्डा गर्ने गरी २०११।४।१२ मा भएको लिखत पेश भएको र मिति २०११।४।१२ को लिखतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । यस स्थितिमा उक्त मिति २०११।४।११ लाई नै मानो छुटिृएको मिति कायम हुने । (प्र.नं. १८) § वादी प्रतिवादीहरु…
§ रौतहट जिल्ला अदालतले सत्यमायाको वयानमा उल्लेखित पत्र अदालतले समेत सक्कलै दाखिल गर्नु भन्ने व्यहोराको मिति २०५०।८।२१ मा आदेश भएको पनि देखियो । फैसला गर्दा अधिकार पत्रको सक्कल दाखिल गर्न नसकेको भन्ने र २०२१।६।१ को लिखत वारेमा पनि अ.वं. ७८ नं. वमोजिमको प्रकृया…