नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6797 · वि.सं. २०५६
नि.नं. 6797 — उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जिल्ला न्यायाधीशद्वारा यसप्रकार सम्पन्न भइसकेको कार्यवाहीलाई वदर गर्न पाउने अधिकारको सिमा दण्ड संजायको ६१ नं. को कानूनी व्यवस्थाले निर्धारण गरेको र सो कानूनको व्यवस्थाबाट फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीका कार्यवाहीमा चित्त नवुझ्ने पक्षले १५ दिनभित्र उजूरी दिएमासम्म निजले त्यस्तो उजूरीको सम्वन्धमा जांचवुझ गरी उपर्युक्त आदेश गर्न सक्ने व्यवस्था रहेको देखिन आउंछ । विपक्षी प्रेम महतो कोइरीले मिति २०५३।८।६ मा दिएको उजूरी निवेदन कानूनको कुन म्याद अन्तरगत परेको हो ? र अनिश्चित कालसम्म छानविन गर्न पाउने क्षेत्राधिकार सो जिल्ला अदालतलाई कुन कानूनले दिएको हो ? सिरहा जिल्ला अदालत र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको २०५३।११।३ को आदेश र सो अदालतहरुको लिखित जवाफमा पनि खुलाउन सकेको देखिन आएन । यसप्रकार अदालतको फैसला वमोजिम साहुको तिर्नु वुझाउनु पर्ने पक्षले घिङन्याइ गरी लिलामीको सूचना म्याद समेतको वास्ता नगरेकोमा डांक लिलाम हुंदा सकार गरी रकम चुक्ता गरी चलन पाउने पक्षले अदालतसंग गरेको व्यवहार समेत कांचो हुने गरी घडेरी जग्गा र कित्ता नम्वर सच्याएको भन्ने विवादास्पद तथ्यहरुलाई उल्लेख गरी सहजताका साथ लिलाम सम्वन्धी सम्पूर्ण कार्यवाही वदर गर्नुबाट लिलाममा सकार गर्ने पक्षको विश्वासमा आंच आउने समेत देखिन आएको र सो म्याद नघाइ त्यस्तो काम कारवाही गर्न गराउन जिल्ला अदालत र पुनरावेदन अदालत समेतलाई कानूनको अधिकार नभएकोले उक्त दुवै अदालतको आदेश र सो अर्न्तगत भएका काम कारवाहीहरु उत्प्रेषण आदेशद्वारा वदर हुने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6797 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं |
| निर्णय वर्ष / मिति | 2056/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6797 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
