नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6793 · वि.सं. २०५६

नि.नं. 6793 — जीउ मास्ने वेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन मितिमा तराई तर्फ लगेको भनी जाहेरी परेको छ त्यही मितिमा निज पार्वता उप्रेती स्वयं समेत प्रहरी हिरासतमा परेको देखिन्छ भने मुख्य कसुरदार भनी उल्लेख गरिएका इन्द्रप्रसाद मैनाली पनि उक्त मितिमा आफूले पढाउदै आएको विद्यालयमा नै हाजिर रहेको देखिन्छ । यसबाट जाहेरी दरखास्त नै शंकास्पद वन्न पुगेको छ । (प्र.नं. ३१) § जाहेरवालीको भनाइलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाणको अभाव एवं प्रतिवादीहरुद्वारा प्रस्तुत प्रमाणहरुबाट जीउ मास्ने वेच्ने कार्यमा निजहरुको संलग्नता नरहेको भन्ने कुरामा पुष्ट्याई मिलेको स्थितिमा प्रतिवादीहरु मध्ये मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीको हकमा सफाइ दिने गरी भएको शुरु इन्साफ सदर गरी प्र. इन्द्रप्रसाद मैनालीको हकमा शुरुले सफाइ दिएको उल्टी हुने ठहर्‍याई प्रहरी प्रतिवेदन माग दावी वमोजिम जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार १० वर्ष कैद र ऐ. दफा ८(५) अनुसार विगो जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । प्रतिवादी मध्येका इन्द्रप्रसाद मैनाली जीउ मास्ने वेच्ने कार्यमा संलग्न रहेको भन्ने कहिं कतैबाट पुष्टि नभएको अवस्थामा निजलाई सफाइ दिने गरी भएको शुरु ताप्लेजुङ जिल्ला अदालतको मिति २०४९।४।११ को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6793
मुद्दाको विषयजीउ मास्ने वेच्ने ।
निर्णय वर्ष / मिति2055/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6793
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्