नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6799 · वि.सं. २०५६

नि.नं. 6799 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत मुद्दामा २०४१ सालमा मानु छुटिएको मिति कायम भए उपर वादीको निवेदन जिकिर नदेखिएपछि त्यसलाई स्वीकार गरेकै मान्नु पर्यो । ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट कि.नं. १२७ र १८१ को जग्गा प्रतिवादीले प्राप्त गरेको देखिन्छ । मानो छुटिएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक नलाग्ने भन्ने ने.का.प. २०४० अंक ४ पृष्ठ १२८ मा सिद्धान्त कायम भएको पाइन्छ । ०४१ सालमा मानो छुटिृएको मिति कायम भएको र प्रतिवादीले ती जग्गा ०४१ सालभन्दा पछि ०४४ सालमा प्राप्त गरेको र सो जग्गा १० वर्षसम्म कुनै प्रकारले हक छाडी वा अंशवण्डा गर्न नपाउने शर्त समेत रहेको स्थितिमा ती जग्गा समेत वण्डा हुने ठहर्‍याएको शुरु वर्दिया जिल्ला अदालतको ०५०।४।२४ को फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला उल्टी हुने ठहर्छ । ती दुई कित्ता वाहेक अरु अचल सम्पत्ति नभएको र चल सम्पत्ति अघि नै लिई छुट्टी सकेको भन्ने वादीको भनाइ देखिंदा अचल सम्पत्ति नभएको अवस्थामा वण्डा गरी दिनु अर्थहिन हुने भएबाट वादी दावी पुग्न नसक्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6799
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2056/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6799
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्