नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6792 · वि.सं. २०५६
नि.नं. 6792 — दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी अमरदेवी श्रेष्ठबाट हालै देखिको वकसपत्र प्राप्त गरेपछि प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गाको केही खण्डमा साविकमा रहेको खपडाको घर भत्काई पक्की घर वनाएको भन्ने निजको प्रतिउत्तर जिकिर रहेको र मिसिल सामेल रहेको मिति २०५५।६।२४ को नक्सा कुण्डलीमा जनिएको न.नं.. ३० को वाटो दक्षिण तर्फको मुल सडकसम्म गएको र सोही वाटो तर्फबाट प्रतिवादी सुर्यमान श्रेष्ठको पक्कीघरमा जाने वाटो रहेकोबाट उक्त पक्की घरले सो वाटो प्रयोग गरिराखेको अवस्था समेत देखिन्छ । यसरी प्रतिवादीले विवादित जग्गामा पक्कीघर समेत वनाई वसेको अवस्था भएकोमा त्यसतर्फ वादी अमरदेवी श्रेष्ठले मुलुकी ऐन घर वनाउनेको महलको ११ नं. को म्याद भित्र उजुर गरी मौकैमा विरोध गनुपर्नेमा सो समेत गरेको देखिदैन । वकस दिने वादीले प्रतिवादीले विवादित जग्गामा पक्की घर वनाउंदा कानूनको म्याद भित्र विरोध नगरेकोमा वकस गर्नेको दावी पुग्न नसक्ने अवस्थाको श्रृजना भएकोले पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गामा वनाएको पक्की घर र वलेसीले चर्चेको वाहेक अरु घर जग्गाको लिखत वदर गर्नुपर्ने भई वदर हुने ठहर्याएको हदसम्म तत्कालीन म.क्षे.अ. को मिति २०४३।९।२१ को इन्साफ मिलेको देखिंदा सदर हुन्छ। वादी दावी वमोजिम वकसपत्र वदर एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्याएको तत्कालीन नारायणी अंचल अदालतको इन्साफ मनासिव ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला केही उल्टी हुने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6792 |
|---|---|
| मुद्दाको विषय | दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2056/07/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6792 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
