नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6800 · वि.सं. २०५६

नि.नं. 6800 — वाली निश्काशन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोही साहिली मगर्नी २०३९ सालाम नै स्वर्गे भै सकेकोमा ०४७ सालमा वाली वांकीमा स्व. मोही कै नाउंमा दिएको प्रस्तुत मुद्दाबाट कारवाई गर्नु पर्ने कानून संगत हुंदैन । मरी सकेका व्यक्ति उपर परेको नालेस दैयादारले सकार गर्न आउदैंमा कानून वमोजिम सकार गरेको सरह मान्न सकिदैन । उजुर कर्तालाई प्रतिवादीको मृत्यु भै सकेको तथ्य जानकारी नभएको भए स्थिति विचारणिय हुन सक्थ्यो । तर मरेको तथ्यको जानकारी वादीलाई भएको कुरा निजको वयान समेतका अन्य प्रमाणबाट छर्लङ भएको स्थितिमा मृतक व्यक्ति उपर वाली भराउनलाई दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने हुंदा इन्साफ गर्न शुरु भूमि सुधार कार्यालय पठाउने भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५२।१।२८ को निर्णय त्रुटीपूर्ण हुंदा वदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6800
मुद्दाको विषयवाली निश्काशन
निर्णय वर्ष / मिति2056/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6800
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्