नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6807 · वि.सं. २०५६

नि.नं. 6807 — मोही कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को वनौटको आधारमा जग्गा कमाउन दिंदा लिंदा दुवै पक्षको सही छाप भएको लिखित कवुलियत हुनु पर्ने अनिवार्य देखिन आउंछ । मोही कायम गरी पाउं भनी एकवाली सा कानुले पेश गरेको कवुलियतमा निजैको सहीछाप परेको छैन । जग्गा कमाएको हुं भनी जुन कानूनलाई समाउन खोजेको देखिन्छ सो कानूनमा निजले कमाएको भन्ने आधारभूत प्रमाणको अभाव देखिंदा दुवै पक्षको सहिछाप परेको लिखित कवुलियत दुवै पक्षले राख्नु पर्ने कानूनी व्यवस्था अनुसार राखेको भनिएको कवुलियत रीत नपुगेको अपुरो देखिन आउंछ । माथि देखाइएका पूर्ण इजलास समेतबाट प्रतिपादित सिद्धान्त एवं भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को व्यवस्थानुसार भए गरेको नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय मनासिव ठहर्ने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6807
मुद्दाको विषयमोही कायम
निर्णय वर्ष / मिति2056/08/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको रायसंग सहमत हुन नसकेकोले प्रस्तूत मुद्दा स.अ. नियमावली | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको रायसंग सहमत नहुंदा स.अ. नियमावली | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको राय सहितको यस अदालत संयूक्त इजलासको मिति २०५५।८।१० को फैसला । | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको राय मनासिव ठर्हछ ।
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्