नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6802 · वि.सं. २०५६

नि.नं. 6802 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गा रजिष्ट्रेशन गरी दिने विषयमा लिखत खडा भएकोमा दुवै पक्षको मुख मिलेकै पाइन्छ । लिखतमा दुवै पक्षको हस्ताक्षर नभएको, लिखत लेख्ने सिताराम महतोले अदालतमा आई वयान गर्दा रुपैया लिनु दिनु गरी सकेको भन्न सकेको समेत पाइदैन र रजिष्ट्रेशनको ६ नं. मा लिखत रजिष्ट्रेशन भइ सकेपछि लिखत वमोजिमको जग्गा कच्चा ठहरिन गएमा थैली कपाली सरह भराई लिन पाउने व्यवस्था रहेकोमा सो अवस्था प्रस्तुत मुद्दामा नभइ घरसारको राजिनामा लिखत नै कानूनी मान्यता शुन्य रहेको अवस्थामा यस्तो कानूनी मान्यताविहिन लिखत वमोजिम सांवा व्याज भराई दिन नमिल्ने भएबाट शुरुले वादी दावी वमोजिम सांवा व्याज भरी पाउने भनी गरेको फैसला उल्टी गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मनासिव हुंदा सदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6802
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2056/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6802
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्