नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6801 · वि.सं. २०५६
नि.नं. 6801 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादीले यस अदालतबाट तोकी पाएको मिति ०५५।३।२३ को तारेख गुजारी वसेको भएतापनि अ.वं. २०१ नं. वमोजिम निर्णय दिनु पर्ने । (प्र.नं. १०) § विवादग्रस्त कि.नं. २१० को जग्गा ०-०-७ (सातघुर) क्षेत्रफल भएको र सो जग्गामा मोही हिरालाल साह तेलीले घर बनाई अघि देखि वसी आएको स्थितिमा सो घरवारका नाताले मोहियानीवाट वंचित भएमा घरवार विहिन हुन जाने स्थिति हुने हुंदा निज मृतक मोही की वुहारी जानकी तेलीन आफ्नो घरमा वसोवास गर्दागर्दै मोही लगत कट्टा गर्न न्यायोचित नहुने हुंदा वादी दावी वमोजिम मोही नामसारी गर्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँको मिति ०५०।३।३०।४ को निर्णय मनासिव देखिंदा सदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6801 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2056/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6801 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
