नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6794 · वि.सं. २०५६
नि.नं. 6794 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रै.नं. ६३ को ०-०-६-२ जग्गा प्र. दयामानले वादी मध्येको भुवनमानबाट २०३०।२।२१ मा वक्सपत्र पाएको र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट घर कर्जा लिई सो जग्गामा घर बनाएको देखिन आउंछ । प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट कर्मचारी घर जग्गा सापटी व्यवस्था अर्न्तगत घर निर्माण गर्न जम्मा रु.१,४३६४०, सापटी लिई रु.७८६१८।४६ वैंकलाई तिरी कट्टा भई सकेको र तिर्न वांकी रकम निज दयामानको पेन्सनबाट कट्टी भई रहेको भन्ने यस अदालतको आदेशानुसार प्राप्त नेपाल राष्ट्र वैंकको मिति ०५५।१०।१८ को पत्रमा उल्लेख भएकोले सो घर जग्गा प्र. दयामानको निजी आर्जनको देखिएको र वैंकबाट लिएको घर कर्जा चुक्ता गर्नमा वादीहरुले समेत सहयोग गरेको भन्ने कुनै प्रमाण गुजार्न नसकेको हुंदा समेत उल्लेखित घर जग्गा अंश वण्डाको १८ नं. अनुसार वण्डा गर्न कर नलाग्ने अवस्थाको देखिने। (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6794 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2056/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6794 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
